PahiloPost

Nov 12, 2025 | २७ कात्तिक २०८२

दृष्टिविहीन चार बालबालिकालाई धुलिखेलमा निःशुल्क शिक्षाको व्यवस्था



रासस

राजविराज : सप्तरीको गम्हरिया प्रवाहा गाविसका चारजना दृष्टिविहीन बालबालिकाले निःशुल्क शिक्षा प्राप्त गर्ने अवसर पाएका छन्।
 
सप्तरी युथ नेपालले दृष्टिविहीन चार बालबालिकालाई काभ्रेको धुलिखेलस्थित हेल्प नेपाल नेटवर्कको बाल आश्रयस्थलमा राख्ने व्यवस्था मिलाइएको सप्तरी युथ नेपालका उपाध्यक्ष मोहन यादवले बताए। 
 
चारै जना बालबालिकाको लालनपालन तथा निःशुल्क शिक्षादीक्षासमेत दिने बताइएको छ। गम्हरिया प्रवाह गाविसमा रहेका दृष्टिविहीन परिवारमध्ये शम्भु मण्डलकी ११ वर्षीया छोरी रञ्जना, १० वर्षीया छोरी सन्तोषी र शिवनारायण मण्डलकी १३ वर्षीया छोरी राधाकुमारी तथा लक्ष्मण मण्डलकी १० वर्षीया छोरी नितुकुमारीलाई बाल आश्रयस्थलमा राखेर निःशुल्क लालनपालन र शिक्षादीक्षा दिइने व्यवस्था मिलाइएको सप्तरी युथ नेपालले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell