
विराटनगर : मोरङमा आज अपराह्न ३ बजे यात्रुवाहक बस पल्टिँदा १६ जना यात्रु घाइते भएका छन्।
पथरी–शनिश्चरे–२, जयचोकस्थित पूर्वपश्चिम राजमार्गमा सो घटना भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ। पूर्वबाट पश्चिमतर्फ आइरहेको को १ ख ४९८९ नंको बस पल्टिएपछि घाइतेलाई प्रहरी र स्थानीयवासीले उद्धार गरी स्थानीय अस्पतालमा भर्ना गरेका छन्।