PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

भागबन्डा चाहिन्न भन्नेले धेरै भाग खोजे : सभापति देउवा



रासस

भागबन्डा चाहिन्न भन्नेले धेरै भाग खोजे : सभापति देउवा

काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न निर्धारित समयमा नै तीनवटा चुनाव सम्पन्न गर्नुपर्ने बताएका छन्।
 
नेपाली काँग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक सङ्घको चौथो राष्ट्रिय महाधिवेशनको शुभारम्भ गर्दै उनले मुलुकको भौगोलिक कारणले पुस र माघमा निर्वाचन गर्न उपयुक्त नरहेकाले मङ्सिरभित्र सबै चुनाव गर्नुपर्नेमा जोड दिए।
 
पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन सफल बनाउन सबैको सहयोगको अपेक्षा गरे।
 
प्राध्यापक सङ्घ बुद्धिजीवी संस्था भएकाले प्रजातन्त्रमाथि आएको चुनौतीलाई समाधान गर्न पार्टीलाई सुझाव दिनुपर्ने उल्लेख गर्दै उनले भने- 'नयाँ नेतृत्वका लागि चुनाव गर्नुस्, चुनावले प्रजातन्त्र बलियो गर्छ, भागबन्डाबाट वाक्क भए, भागबन्डा चाहिन्न भन्नेले धेरै भाग मागेका छन्।'
 
सोही पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय प्रतिक्रियावादी र अन्तर्राष्ट्रिय शक्तिले मुलुकमा विभिन्न स्वार्थसिद्ध गर्नका लागि हस्तक्षेप बढाउँदै गरेकाले देश लथालिङ्ग भएको बताउँदै अहिलेको अवस्थामा प्रजातन्त्रवादी प्राध्यापकले विज्ञ समूहका रुपमा देशको राष्ट्रियता र एकताका निमित्त पार्टीलाई दिशानिर्देश गर्नुपर्ने विचार व्यक्त गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell