PahiloPost

Nov 12, 2025 | २७ कात्तिक २०८२

हुम्लामा दुई फिट हिमपात



रासस

हुम्लामा दुई फिट हिमपात

हुम्ला : हुम्ला जिल्लामा दुई फिट हिमपात भएको छ। 

गत फागुन २६ गतेदेखि लगातार भारी हिमपात भइरहेको छ। सदरमुकाम सिमिकोटमा अत्यधिक चिसो बढेको छ। जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयमा कर्मचारी आगो बालेर बसिरहेका छन्। जाडो बढेपछि ती कार्यालयको कामकाजसमेत प्रभावित भएको छ। 

उत्तरी भेगका बासिन्दा उपभोग्य सामग्री र नागरिकता लिन सिमिकोट आउन सकेका छैनन्। हिमपातका कारण बाटो अवरुद्ध भएको डाँडाफायास्थित कर्णाली प्रस्तावित मावि चौगनफायाका शिक्षक रामराज शाहीले टेलिफोनमा बताए। 

हिमपातका कारण हिल्दुम साना जलविद्युत् आयोजना गत फागुन २१ गतेदेखि बन्द भएको छ। आयोजना बन्द भएपछि दियालो बाल्न बाध्य भएको स्थानीय बासिन्दा तुला सिंहले जानकारी दिए। टेलिफोन सेवासमेत एक हप्तादेखि अवरुद्ध छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell