PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

बाराको मतदाता सङ्ख्यामा ४० हजार वृद्धि,५१ जना तेस्रो लिङ्गी



रासस

बाराको मतदाता सङ्ख्यामा ४० हजार वृद्धि,५१ जना तेस्रो लिङ्गी

कलैया : आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा बारा जिल्लामा गत वर्षको मतदाता सङ्ख्यामा ४० हजार ५११ मतदाता वृद्धि हुनुका साथै ५१ जना तेस्स्रो लिङ्गी रहेको जिल्ला निर्वाचन कार्यालय बाराबाट थाहा भएको छ। 

बारा जिल्लाको छवटा निर्वाचन क्षेत्रमा दुई वटा उपमहानगरपालिका, चार वटा नगरपालिका र नौ वटा गाउँपालिकामा आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पुरुष एक लाख ८६ हजार १४६ जना, महिला एक लाख ५० हजार ८४२ जना र तेस्स्रो लिङ्गी ५१ जना समेत गरी कुल तीन लाख ३६ हजार ३९ जना मतदाता रहेको सो कार्यालयका प्रमुख नरेश सफाफबाट थाहा भएको छ। 

विगत ०७० मा सम्पन्न भएको दोस्रो संविधानसभाको निर्वाचनमा पुरुष एक लाख ६० हजार ११७ जना, महिला एक लाख ३६ हजार ४०० र तेस्रो लिङ्गी ११ जनासमेत गरी कुल दुई लाख ९६ हजार ५२८ जना मतदाता रहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell