PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

दोलखामा पुलबाट खसेर वृद्धको मृत्यु



रासस

दोलखा (जिरी) : काठे पुलबाट खसेर दोलखाको जिरीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिरी नगरपालिका–२ रासेका ६० वर्षीय नाम्गेल शेर्पा रहेका छन्। 

इलाका प्रहरी कार्यालय जिरीका अनुसार शेर्पा हिजो दिउँसो जिरीबाट बसमा घर फर्केका थिए। बसबाट ओर्लेर आफ्नो घर जाने क्रममा घर नजिकै रहेको काठेपुलबाट खसेर उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरी निरीक्षक राजेशकुमार कार्कीले जानकारी दिए। 

कार्कीका अनुसार मादक पदार्थ सेवन गरेकाले उनी पुलबाट खसेको हुनसक्ने बताएका छन्। उनको शव परीक्षणको लागि जिल्ला अस्पताल जिरीमा लगिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell