PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

साढे चार किलो गाँजासहित एक पक्राउ



रासस

साढे चार किलो गाँजासहित एक पक्राउ

रसुवा : गोसाइँकुण्ड जाने धार्मिक मार्गमा सञ्चालित होटलबाट नेपाल प्रहरीले गाँजासहित एक व्यक्तिलाई शनिबार पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रहरी निरीक्षक धु्रवप्रसाद सिलवालका अनुसार पक्राउ पर्नेमा धुन्चे–९ हाल गोसाइँकुण्ड गाउँपालिका–६ का ३९ वर्षीय सोनामछिरिङ तामाङ रहेका छन्। 

आफैँले सञ्चालन गर्दै आएको साप्ते भन्ने स्थानको होटलबाट साढे चार किलो गाँजासहित तामाङलाई पक्राउ गरेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell