PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

अविरल वर्षासँगै परेको चट्याङका कारण १० जना घाइते



रासस

फलेवास (पर्वत) :  चट्याङ लागेर फलेवास खानीगाउँमा गएराति १० जना घाइते भएका छन्। खानीगाउँ गाविसमा अविरल वर्षासँगै परेको चट्याङले वडा नं ३, ४, ५ र ६ का १० जान घाइते भएका हुन्।
 
घाइतेको फलेवासमै रहेको धुलिखेल अस्पताल खानीगाउँमा उपचार भइरहेको छ। घाइतेको खुट्टा, ढाड तथा शरीरका विभिन्न भागमा चट्याङले पोलेको अस्पताल प्रमुख प्रशान्त गुप्ताले जानकारी दिए। उनका अनुसार केहीको अवस्था जटिल रहेको छ। पटकपटक परेको चट्याङले लागेर ठूलो सङ्ख्यामा घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell