PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

बन्दका कारण लोकसेवा आयोगका परीक्षार्थी मारमा



रासस

लहान : नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण आज सिरहाको लहानमा हुन लागेको लोकसेवा आयोगको परीक्षामा सहभागी हुने परीक्षार्थीहरु मारमा परेका छन्। 

भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट कञ्चनपुरमा एक नेपालीको मृत्यु भएको विरोधमा सो पार्टीले आह्वान गरेको बन्दका कारण यातायातका साधन नचल्दा लोकसेवा आयोगले लिन लागेको नायब सुब्बा पदको लिखित परीक्षामा सहभागीहरु मारमा परेका हुन्। 

लामो तथा छोटो दूरीका सवारी साधन नचल्दा परीक्षामा सहभागी हुनेमध्ये कतिपयले मोटरसाइकल तथा साइकलको प्रयोग गरी परीक्षा केन्द्रसम्म आउन बाध्य छन्। नासु पदको लिखित परीक्षाका लागि लहानस्थित विभिन्न विद्यालयमा २२ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । जसमा करिब पाँच हजार परीक्षार्थी सहभागी हुने अनुमान गरिएको छ। 

यसैबीच, नेपाल बन्दका कारण सिरहाको जनजीवन आंशिक रुपमा प्रभावित भएको छ। बजार, पसल बिहानैदेखि आंशिक रुपमा खुले पनि यातायातका साधन सञ्चालनमा आउन सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell