
रत्ननगर (चितवन) : चितवनको भरतपुरमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।
भरतपुर उपमहानगरपालिका–१२ स्थित आस्थाचोकमा ग ९ प ५६८२ नंको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्रीको उपचारका क्रममा आज बिहान चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
यसरी मृत्यु हुनेमा भरतपुर उपमहानगरपालिका–९ बस्ने ८८ वर्षीय ठाकुरप्रसाद कोइराला रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
बिहीबार अपराह्न भरतपुरको बसपार्कबाट गोन्द्राङतर्फ जाँदै गरेका बेला मोटरसाइकलले ठक्कर दिँदा पैदल हिँडिरहेका उनी गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा राति १२:३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको जनाइएको छ।