PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

काभ्रेमा एक युवाको मृत्यु



रासस

धुलिखेल : काभ्रेको पनौती नगरपालिका–१० मा आज बिहान ४ बजे एक युवाको मुत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रहरी नायब उपरीक्षक नवीनराज राईले रातिदेखि नै रक्सी खाएर तास खेलिरहेको अवस्थामा आपसमा झगडा हुँदा मुत्यु भएको हुन सक्ने बताए। 

मुत्यु हुनेमा काभ्रे जिल्लाको डाँडापारिस्थित गोकुले–४ का सोमबहादुर घलान रहेको बताइएको छ। तास खेल्दै जाँड खाएर आपसमा झगडा भएर मुत्यु भएको भन्ने कुरा आएको छ, हामीले पनि बुझ्दैछौँ। राईले भने– 'घटनामा संलग्न रहेको आशङ्कामा चारजनालाई पक्राउ गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell