PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

कालोबजारी गर्ने पम्प सञ्चालक पक्राउ



रासस

कालोबजारी गर्ने पम्प सञ्चालक पक्राउ

महोत्तरी : पेट्रोलियम पदार्थको कृत्रिम अभाव देखाएर खुलेआम कालोबजारी गर्ने एक जना पेट्राल पम्पका सञ्चालकलाई प्रहरीले महोत्तरीको गौशालाबाट पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा उमेश आयल स्टोर्स गौशाला–१ का सञ्चालक ३७ वर्षीय अमरेशकुमार शाह रहेका छन्। आज बिहान पाँच वटा ड्रममा भरिभराउ डिजेल ज १ त १०९० नं को ट्रयाक्टरमा लोड गरी गौशाला बजारस्थित राधाकृष्ण किराना पसलमा ल्याइरहेको समयमा प्रहरीले पक्राउ गरेका छन्। 

गौशाला नगरपालिका–१ मा सञ्चालनमा रहेको उमेश आयल स्टोर्समा पेट्रोलियम पदार्थको कृत्रिम अभावको सिर्जना गरी सञ्चालक साहले आफैले सञ्चालन गरेको किराना पसलमा खुलेआम पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आएका थिए। पक्राउ परेको शाहलाई आवश्यक अनुसन्धानको लागि इप्रका गौशालामा राखिएको छ भने ट्रयाक्टर र डिजेल प्रहरीको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell