
दमक : पिकअप भ्यानको ठक्करबाट झापाको लखनपुरमा आज दिउँसो एक पैदलयात्रीको ज्यान गएको छ।
गौरादहस्थित कनकाई ग्यास उद्योगको मे १ च ३७३६ नं को पिकअप भ्यानले लखनपुर–१ की ७३ वर्षीया मनमायाँ अधिकारीलाई पाडाजुङ्गी–गौरीगञ्ज सडक खण्डको लखनपुर–३ मा बाटो काट्ने क्रममा ठक्कर दिएको थियो।
ठक्करबाट सख्त घाइते भएकी वृद्धाको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इप्रका दमकका प्रहरी निरीक्षक मिलन बस्नेतले बताए। प्रहरीले मृतकको शव परीक्षणका लागि मङ्गलबारे अस्पतालमा लगिएको तथा ठक्कर दिने भ्यान र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।