PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

करेन्ट लागेर १६ वर्षीय किशोरको मृत्यु



रासस

करेन्ट लागेर १६ वर्षीय किशोरको मृत्यु

बनेपा : काभ्रेपलाञ्चोकको पनौती–८ मा आज एक किशोरको करेन्ट लागेर मृत्यु भएको छ। 

पनौतीस्थित भालेश्वर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १६ वर्षीय सन्तोष थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए। 

बल खेलिरहेका थापा बल लिन छतमा गएको अवस्थामा छतमाथिबाट गएको तारले छुँदा करेन्ट लागेर मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell