PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

​सप्तरी आज पनि तनावग्रस्त, सरकारी कार्यालयमा ढुंगामुढा



रासस

​सप्तरी आज पनि तनावग्रस्त, सरकारी कार्यालयमा ढुंगामुढा

राजविराज (सप्तरी) : नेकपा (एमाले)को मेची–महाकाली अभियानअन्तर्गत प्रदेश नम्बर २ सप्तरीमा प्रहरीले चलाएको गोली लागेर तीनजनाको मृत्यु भएको विरोधमा आज सप्तरीको राजविराजलगायत अन्य सहरी तथा ग्रामीण क्षेत्र तनावग्रस्त रहेको छ । 

मधेसी मोर्चाका कार्यकर्ताको आनदोलनका कारण आज बिहानैदेखि सप्तरी सदरमुकाम राजविराजमा प्रदर्शन एवम् विरोधका कार्यक्रमले गर्दा जनजीवन असामान्य रह्यो । बन्दका कारण शिक्षण संस्था, यातायात, कलकारखाना, उद्योग तथा बजार पूर्णरुपमा बन्द रह्यो । 

मधेसी मोर्चाका कार्यकर्ताकताले सोमबारको घटनाको छानबिनको माग र विरोध गर्दै सरकारी कार्यालयहरुमा ढुङ्गामुढा र आगजनी गरी क्षति पु¥याएका छन् । 

मोर्चाको कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय सप्तरी घेराउ गर्नुको साथै दुई प्रहरी चेकपोष्टसहित एक सरकारी कार्यालयमा आगजनी र दुई सरकारी कार्यालयमा तोडफोड गरेको प्रहरीले जनाएको छ । 

आक्रोशित मोर्चाका कार्यकर्ताले सप्तरीको भारदह–१ स्थित सप्तकोसी ब्यारेजको पश्चिमी गेटमा रहेको सशस्त्र प्रहरीको चेकपोस्ट र कदमाहामा रहेको ट्राफिक प्रहरी चेकपोष्ट तथा स्थानीय शान्ति समितिको कार्यालय राजविराजमा आगजनी गरेका छन् । 

यस्तै प्रहरी र मोर्चा कार्यकर्ताबीच राजविराजको ठाउँठाउँमा झडपसमेत भएको बुझिएको छ । प्रर्दशनकारीले ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले तीन राउन्ड आश्रुग्याससमेत प्रहार गरेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार मोर्चाको कार्यकर्ताले राजविराज नगरपालिका कार्यालय, नेपाल टेलिकमको कार्यालयमा तोडफोड र राष्ट्रिय मानव अधिकार आयोगको बा ७ च ७४७३ नम्बरको गाडीमा समेत ढुङ्गामुढा गरेर तोडफोड गरेको बताइएको छ । 

घटनामा प्रहरीको गोली लागेर सप्तरी डिवनका ५५ वर्षीय दिगेम्बर यादव, दिलीप यादव, सुरेन्द्र मण्डल, प्रमोद मण्डल, जितेन्द्र साह, इन्द्र नारायण साह र वीरेन्द्र महतो गम्भीर घाइते भएका थिए । उनीहरुको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठिानमा उपचार भइरहेको छ । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell