PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

कपिलवस्तुमा रोकिएन हात्ती आतङ्क



रासस

चन्द्रौटा (कपिलवस्तु) : हातीले आतङ्क मचाउँदा कपिलवस्तुवासी त्रसित भएका छन्।
 
कपिलवस्तुको गौतमबुद्ध साझेदारी वनमा आएको हात्तीले यहाँका गुगौली, शिवगढी, गणेशपुरी, खुरुहुरिया, भगवानपुरलगायत गाविसका बासिन्दा त्रसित बनेका हुन्। हात्तीले गाउँ नजिकै आएर कराउने, किसानले लगाएको अन्नबाली नष्ट गर्ने गरेका करण स्थानीय बासिन्दा त्रसित भएको गौतमबुद्ध साझेदारी वनका अध्यक्ष जानकी यादवले जानकारी दिइन्।
 
यादवका अनुसार जङ्गलको छेउमा गरिएको तारबारसमेत तोडेर बच्चासहित आउने हात्तीले लाखौं मूल्य बराबरको धनमालको नोक्सान गर्ने गर्छन्। हात्ती गाउँमा पस्ने डरले गाउँलेले रातभर जाग्रम बस्ने गरेका छन्।
 
बाँके राष्ट्रिय निकुञ्जबाट हात्ती आएको हुनसक्ने गौतम बुद्ध साझेदारी वनका वन रक्षकले बताएका छन्। भारतको जङ्गल हुँदै बच्चासहितको हात्ती आउने गरेको अनुमान छ। हात्तीको डरले घाँस दाउरा गर्नका लागिसमेत स्थानीयले जङ्गल जान छाडेको गुगौलीका हरिराम थारुले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell