PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

इन्डोनेसियामा बाढी पहिरो, चारको मृत्यु, हजारौँ विस्थापित



रासस

जाकार्ता : बाढी पहिरोका कारण इन्डोनेसियाको सुमात्रा प्रान्तको पश्चिमी क्षेत्रका चार जनाको मृत्यु भएको छ भने हजारौँ विस्थापित भएका छन्।
 
लिमापुलुह कोटा जिल्लाको कोटो आलम गाउँमा भारी वर्षापछि आएको बाढी पहिरोले सञ्चार सेवा अवरुद्ध पारेको जिल्ला प्रकोप व्यवस्थापन निकायका अप्रेसन प्रमुख नासृयन्तोले जानकारी दिए। उनले अरु दुई जना घाइते भएको पनि बताए।
 
'बाढी पहिरोले आठ ओटा सवारी साधन बगाइदिएको छ, सवारी साधनसँगै बगेका चार जनाको शव धेरै टाढाबाट नियन्त्रणमा लिन सफल भइएको छ,' उनले भने।
 
नासृयन्तोले थपे, 'अरु सवारी साधन अझै पनि हिलोमाटो र ढुङ्गाले पुरिएको अवस्थामा छन्, ती सवारी साधनभित्र पनि अरु पीडित रहेका हुन सक्छन्।'
 
बाढी पहिरोले हजारौँ स्थानीय बासिन्दालाई आफ्नो घर छाड्न बाध्य बारेको उनले बताए। तर विस्थापितको स्पष्ट तथ्याङ्क भने आफूलाई प्राप्त भइनसकेको उनको भनाइ थियो।
 
इन्डोनेसियामा बेलाबेलामा आउने यस्ता बाढी पहिरोले धेरै जनाको मृत्यु हुने गरेको छ भने ठूलो मात्रामा धनसम्पत्तिको नोक्सानी हुने गरेको छ। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell