PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

भारतमा एक नेपाली मृत भेटिए



रासस

भारतमा एक नेपाली मृत भेटिए

बैतडी : मजदूरीका लागि भारतमा रहेका एक नेपाली बिहीबार मृत भेटिएका छन्। बैतडी भटना–५ का २८ वर्षीया गौरी धानुक मृत भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरीनायब उपरीक्षक केदार खनालले जानकारी दिए।
 
'बुधबार भारतबाट मजदूरी गरेर नेपाल फर्किंदै गरेका धानुकले दार्चुला सदरमुकाम नजिकै महाकाली नदीमा हामफालेको हो', उनले भने, 'भारत उत्तराखण्ड निङपातली भन्ने ठाउँमा शव फेला परेको हो।'
 
भारतमा सडक मजदुरका रुपमा काम गर्दै आएका धानुक बुधबार घर फर्किंदै गरेका थिए। मृतकको शव ल्याउने तयारी भएको प्रहरीले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell