PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

हत्या गरेर पुरिएको अवस्थामा युवतीको शव भेटियो



रासस

भक्तपुर : नगरकोट नगरपालिका–११ मुहान पोखरीमा पुरेको अवस्थामा एक युवतीको शव भेटिएको छ।
 
अन्दाजी २० वर्षकी पहिचान खुल्न नसकेकी युवतीको पुरेको शवको हात देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए।
 
अपराध अनुसन्धान महाशाखाको टोलीले विशेष अनुसन्धान सुरु गरेको जानकारी दिँदै उनले युवतीको हत्या गरी शव त्यस स्थानमा ल्याएर फालेको हुन सक्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell