PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु



रासस

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

लिबाङ (रोल्पा) : रोल्पामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा कोटगाउँ–७ रोल्पाका आइतेसिंह विक रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

बिहीबार रोल्पाको घर्तीगाउँबाट माडिचौर आउँदै गरेको ना ३ त ६९८८ नंको ट्याक्टर कोर्चाबाङ–५ सिमखेतमा दुर्घटनाग्रस्त भएको थियो।
 
दुर्घटनामा परी घाइते भएका विकको प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा गएराति बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए। शव परीक्षणका लागि जिल्ला अस्पताल रोल्पामा राखिएको उनले बताए।
 
प्रनाउ घर्तीमगरका अनुसार दुर्घटनामा परेको ट्याक्टर बाटोदेखि करिब ५० मिटर तल खसेको थियो। ट्याक्टरमा सवार सहचालक भने सकुसल रहेका छन्। अहिले ट्रयाक्टर निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell