PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

माटोको ढिस्को खस्दा दुई महिलाको मृत्यु, आठ घाइते



रासस

कालीकोट : घरको जग खार्ने कामका लागि सदरमुकाम मान्ममा रातो माटो लिन जाँदा ढिस्काले पुरिएर दुई महिलाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।
 
मृतकको नाम भने खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय कालीकोटले मृत्युको पुष्टि नभएको बताए पनि स्थानीयवासीले भने घटना सही भएको जनाएका छन्। घाइतेमध्ये छ जनाको अवस्था गम्भीर रहेको स्थानीयवासी निर्मल पाण्डेले बताए। स्थानीयवासीले माटाको ढिस्काले पुरिँदा आवाज आएपछि आठ जनालाई उद्धार गरी निकालेका थिए।
 
घाइतेको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ। अझै मानिसहरु ढिस्कामा रहेको हुन सक्ने जनाउँदै घटनास्थलमा उद्धारका लागि प्रहरी र स्थानीयवासी लागिपरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell