PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

नेपाल एफएम प्रतिष्ठानको अध्यक्षमा ढकाल निर्वाचित



रासस

काठमाडौँ : नेपाल पत्रकार महासङ्घ नेपाल एफएम प्रतिष्ठान शाखाको छैटौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले वैकुण्ठ ढकालको अध्यक्षतामा आज नयाँ कार्यसमिति निर्वाचित गरेको छ।
 
काठमाडौँमा आज भएको अधिवेशनले उपाध्यक्षमा शोभा घिमिरे र टोमा लामा, सचिवमा रघुनाथ बजगार्इं, सहसचिवमा ईश्वरी बराल र सम्झना पौडेल, कोषाध्यक्षमा रामकुमार शाही तथा सदस्यमा लक्ष्मी थापा, निशा बास्कोटा, दिव्या दुलाल र सुरेन्द्र लामिछाने सर्वसम्मत चयन गरेको छ।
 
यसैगरी केन्द्रीय सभासद्‍मा विनोद ढुङ्गेल, गोविन्द रोका सचिन र सिर्जना खड्का चयन भएका छन्। यस्तै प्रदेश सभासद्‍मा तुलसा घिमिरे, सङ्गम महत, दीपेन्द्र खड्का र सुमन थापा मगर चयन भएका छन्।
 
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान शाखाका संयोजक सुरज आचार्यले श्रमजीवी पत्रकारको शुद्धिकरण प्रतिष्ठान शाखाबाटै हुनुपर्नेमा जोड दिए। नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै पत्रकार महासङ्घका केन्द्रीय सदस्य रोशन पुरीले न्यूनतम पारिश्रमिक कार्यान्वयन हुनुपर्ने बताउँदै पत्रकारले पनि आफ्नो व्यावसायिकताप्रति ध्यान दिनुपर्नेमा जोड दिए। शाखाका नवनिर्वाचित अध्यक्ष ढकालले व्यावसायिक मर्यादा र पेसागत मूल्यमान्यता कायम गराउने दृढता व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell