PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

​कपडा पसलमा आगलागी, १५ लाख रुपैयाँ बराबरको क्षति



रासस

बर्दिया : बर्दियाको सानोश्री ताराताल नगरपालिका–६ कुुसुम्वा बजारमा रहेको दिलबहादुर परियारको पसल ‘हाम्रो वस्त्रालय’मा मङ्गलबार आगलागी हुँदा करिब रु १५ लाख बराबरको क्षति भएको छ। 

आगलागीबाट काँचो कपडा, सिलाइ मेसिन लगायतका सामान नष्ट भएको परियारले बताए। आगलागी के कारण भएको हो भन्ने विषयमा खुल्न नसकेको इलाका प्रहरी कार्यालय सानोश्री तारातालले बताएको छ। 

स्थानीयवासीका अनुसार विद्युत् सर्ट भई आगलागी भएको र आगो करिब ४५ मिनेटपछि नियन्त्रणमा लिइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell