PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

विद्युत प्राधिकरणमा आज आधिकारिक ट्रेड युनियनको निर्वाचन



रासस

विद्युत प्राधिकरणमा आज आधिकारिक ट्रेड युनियनको निर्वाचन

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणमा आज आधिकारिक ट्रेड युनियनको निर्वाचन हुँदैछ। युनियनको निर्वाचनमा विभिन्न चार सङ्गठनले सहभागिता जनाएका छन्।
 
नेपाल विद्युत् प्राधिकरण नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेविप्रा कर्मचारी सङ्घ, नेविप्रा कर्मचारी युनियन र नेविप्रा कर्मचारी परिषद्ले निर्वाचनमा भाग लिने भएका छन्। प्राधिकरणलाई सबल र सक्षम बनाउन प्राविधिक नेतृत्व नै आवश्यक रहेको र ‘उज्यालो नेपाल’ अभियानलाई सार्थक बनाउनु नै आफूहरुको पहिलो एजेन्डा रहेको नेविप्रा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष खगेन्द्र शाहीले बताए।
 
प्राधिकरणमा मुलुकभर ११ हजार कर्मचारी कार्यरत छन्। प्राधिकरणमा कार्यरत नेविप्रा कर्मचारी सङ्घका अध्यक्ष जनार्दन भट्टराई प्राधिकरणलाई सबल र सक्षम बनाउने र कर्मचारीको मनेबल उठाउने आफूहरुको योजना रहेको बताए।
 
सजिला र आर्कषक आयोजना प्राधिकरणले नै बनाउनुपर्ने धारणा राख्ने नेविप्रा कर्मचारी युनियनका अध्यक्ष रामेश्वर पौडेल कर्मचारीको समुन्नत भविश्यका लागि नै आफूहरु क्रियाशील रहेको बताउँछन्।
 
नेविप्रा कर्मचारी परिषद्का अध्यक्ष सुरेन्द्रबहादुर पाण्डेले प्राधिकरण बचाउने कार्यसूची नै आफूहरुको प्रमुख माग र निर्वाचन घोषणापत्र भएको बताए।
 
२०६२ सालमा आधिकारिक युनियनको निर्वाचन अहिले १२ वर्षपछि हुन लागेकाले आवश्यक व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell