PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

​सुस्तः मनस्थितिकी बालिका बलात्कार गरेको आरोपमा एक पक्राउ



रासस

​सुस्तः मनस्थितिकी बालिका बलात्कार गरेको आरोपमा एक पक्राउ

दमौली : तनहुँको थप्रेक–८ भ्यागुतेकी एक १३ वर्षीया सुस्तः मनस्थिति भएकी बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले एक व्यक्तिलाई मङ्गलबार पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा श्याम्घा–१ निवासी ५२ वर्षीय अली महम्मद मिया रहेको जिल्ला प्रहरी कार्यालय मुद्दाफाँटका प्रहरी नायब निरीक्षक मनोज पाण्डेले बताए। पाहुना बनेर आएका मियाले ती बालिकालाई ललाईफकाई गरी सोमबार राति साढे १ बजे बलात्कार गरेको प्रहरीले जनाएको छ। राति एक्कासी बालिका चिच्याएपछि ठूली आमाले देखेर हल्लाखल्ला गरेकी थिइन्। 

स्थानीयवासीको सहयोगमा तत्कालै घटनास्थल पुगेको प्रहरीको टोलीले थप्रेकबाटै मियालाई नियन्त्रणमा लिएको प्रनानि पाण्डेले बताए। 

बालिकाको स्वास्थ्य परीक्षणका लागि दमौली अस्पताल पठाइएको छ। मियाविरुद्ध मङ्गलबार नै जवर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गराएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell