PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

ग्याल्पो ल्होसार मनाउन राजधानीमा पदयात्रा



रासस

काठमाडौँ : तामाङ बौद्ध महासङ्घले सोमबार भएको २१४४ औँ ग्याल्पो ल्होसारको उपलक्ष्यमा आज पदयात्रा निकालेको छ।
 
शेर्पा सेवा केन्द्रले बौद्धबाट निकालेको सो पदयात्रा चाबहिल, गौशाला, रातोपुल, पुतलीसडक हुँदै टुँडिखेलमा पुगेर समापन गरिएको छ। सो पदयात्रा शेर्पा जातिको वेशभूषा तथा संस्कृति झल्कने विभिन्न पहिचान र झाँकीसहित निकालिएको हो।
 
विशेष गरी शेर्पा समुदायको नयाँ वर्षका रुपमा मनाइने हिमवत खण्डको पहाडी तथा उच्च हिमाली भेगमा बसोवास गर्ने महायानी बौद्ध धर्मावलम्बीले मान्ने पर्व हो। बौद्ध ज्योतिष चन्द्र पात्रोका आधारमा मनाइने सो पर्वमा ‘ल्हो’ को अर्थ संवत् तथा ‘सार’ को अर्थ नयाँ हो।
 
यो पर्व वर्षमा एकपटक हुने भए पनि फरक फरक भूगोल क्षेत्रमा बसोबास गर्ने समुदायले विभिन्न कारणले समय अनुकूल मिलाएर फरक फरक नाममा ल्होसार मनाउने गरेको पाइन्छ।
 
महासङ्घका अध्यक्ष खेन रिन्पोछे गेशे ङिमा तामाङले ग्याल्पो ल्होसारको प्रचारका लागि सो कार्यक्रम गरिएको जानकारी दिँदै यसमा पात्रोको गणना वैज्ञानिक भएकाले सबै महायानी बौद्व धर्मावलम्बीको साझा पर्वका रुपमा मनाउनुपर्नेमा जोड दिए।
 
महासङ्घले टुँडिखेलमा आज विशेष ल्हाप्सो पूजा तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ भने मङ्गलबार सोही स्थानमा विश्वशान्ति पूजा समापन गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell