PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

​पत्रकार महासंघ उदयपुर शाखामा खड्का विजयी



रासस

गाईघाट : नेपाल पत्रकार महासंघ शाखा उदयपुरको दशौँ जिल्ला अधिवेशनबाट सोमबार भएको निर्वाचनमा भरत खड्काको अध्यक्षतामा नयाँ जिल्ला कार्य समिति निर्वाचित भएको छ । 

प्रेस चौतारी र प्रेस सेन्टरको सामूहिक गठबन्धन तथा अर्कोतिर प्रेस युनियनसहित साना अन्य पत्रकार समूहको कार्यगत एकता भएर भएको निर्वाचनमा चौतारी र सेन्टरको तर्फबाट भरत खड्का अध्यक्षमा निर्वाचित भएका हुन्। खड्काले युनियनका भक्तिविलास पोखरेललाई ३० मतविरुद्ध ४० मतले पराजित गरेका हुन्। 

यस्तै, वरिष्ठ उपाध्यक्षमा प्रेस सेन्टर र चौतारी प्यानलका भोटराज राई निर्वाचित भएका छन्। समावेशी उपाध्यक्षमा बबिता परियार निर्विरोध निर्वाचित भएकी छन्। 

सचिवमा युनियनका तर्फबाट पर्शुराम थापा, सहसचिवमा चौतारी गठबन्धनबाट बिदुर कटुवाल र गजेन्द्र राई निर्वाचित भएका छन्। 

यस्तै, कोषाध्यक्षमा युनियनका तर्फबाट विश्वराज तामाङ निर्वाचित भएका छन्। 

अन्य सदस्यमा सुपराज राई, हरि ढकाल, ईश्वर बलाम्पाकी मगर, जीवनाथ दाहाल, सुमित्रा कोइराला निर्वाचित भएको निर्वाचन समितिका अध्यक्ष बद्री काफ्लेले बताए। 

यस्तै, दशौँ अधिवेशनबाट प्रदेश पार्षदमा बाबुराम भण्डारी, लिलाप्रसाद निरौला, केदार थापा, रुपा राई, टेकराज रिखाम मगर, रवीन्द्र चौधरी, ईश्वर तामाङ, विज्ञान पराजुली, विकास बस्नेत निर्वाचित भएका छन्। 

केन्द्रीय पार्षदमा हरिकुमार राई, कौशल चेमजोङ, कुशलबाबु बस्नेत, यदु ढकाल, अप्सरा समाल मगर, श्याम राई, नवीन राई र सुजाता ढुङ्गाना निर्वाचित भएका छन्। 

हरि, कौशल, कुशल, यदु, अप्सरा, सुजाता, चौतारी र सेन्टरबाट निर्वा्चित भएका हुन् भने नवीन र श्याम युनियनबाट निर्वाचित भएको निर्वाचन मण्डलका सदस्य धनकुमार श्रेष्ठले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell