PahiloPost

May 2, 2026 | १९ बैशाख २०८३

एमाले तीन नम्बर प्रदेश कमिटीमा बाह्र जना मनोनीत



रासस

काठमाडौँ : नेकपा एमालेको ३ नं प्रदेश सङ्गठन कमिटीमा विभिन्न १२ जना मनोनीत भएका छन्।
 
कमिटी अध्यक्ष अष्टलक्ष्मी शाक्यका अनुसार पार्टीको नियमावली अनुसार निम्नबमोजिम विभिन्न जिल्ला र विगतमा अञ्चल कमिटीमा रही काम गरेका कार्यकर्तालाई मनोनयन गरिएको छ।
 
मनोनीत हुनेमा रामचन्द्र राई दनुवार (मकवानपुर), जगन्नाथ थपलिया (चितवन), सुरेन्द्र मोहन शर्मा (ललितपुर), महेश बस्नेत (भक्तपुर), गुरु बुर्लाकोटी (धादिङ), राजेन्द्र लोहनी (नुवाकोट), लालकुमार केसी (दोलखा), कृष्णराज श्रेष्ठ (सिन्धुपाल्चोक), कमला श्रेष्ठ, (काठमाडौँ), कमला पराजुली (काठमाडौँ), पेम्बा लामा मजदुर विशेष क्षेत्र, काठमाडौँ र रामहरि सुवेदी (काभ्रेपलाञ्चोक) रहेका छन्।
 
सो कमिटीले पार्टीले यही फागुन २१ गतेदेखि सञ्चालन गर्ने मेची–महाकाली अभियान सफल बनाउन आफ्नो तर्फबाट योगदान गर्न मातहतमा निर्देशन पनि दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell