काठमाडौं : चितवनका विभिन्न क्षेत्रबाट प्रहरीले २०० लिटर घरेलु मदिरा बरामद गरेको छ।
घरेलु मदिरा बिक्री वितरण तथा ओसारपसार नियन्त्रण विशेष अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय खैरहनी र इलाका प्रहरी कार्यालय भण्डाराको टोलीले मदिरा बरामद गरेको हो।
आइतबार खैरहनी नगरपालिका–८ बाट २०० लिटर अवैध घरेलु मदिरा र १०१ वटा मदिरा राख्ने प्लास्टिकका भाँडा, १४ वटा मदिरा बनाउने भाडा नियन्त्रणमा लिएको जनाइएको छ।
आवश्यक कारबाहीका लागि बरामद सामग्री आज आन्तरिक राजस्व कार्यालय भरतपुरमा बुझाइने प्रहरीले जनाएको छ।