- सिद्धराज भट्ट
उनले एक मिनेटको समयभित्र नियमानुसार लसुनका ४२ पोटी खाएर देखाएका हुन्। एक पटकमा एउटा मात्र लसुनको पोटी खान पाइने लगायत नियम भए पनि विष्टले एक मिनेटमा ४२ पोटी खाएर ‘वर्ल्ड रेकर्ड सेटर‘मा नाम दर्ता गराएका छन्। विष्टलाई गिनिज बुक कमिटी बेलायतले प्रमाणपत्र दिइसकेको छ।
यसैगरी कैलाली, सुखडस्थित सत्य माविमा कक्षा ३ मा अध्ययनरत सुरभी ढकालले एक मिनेटमा ४७ वटा रोमन अङ्क लेखेर कीर्तिमानी बन्ने होडमा पुगेकी छन्। आइतबार सुखडमा पत्रकार सम्मेलन गर्दै स्थानीयवासी भवानी ढकालकी छोरी सुरभीले एक मिनेटमा रोमन अङ्क खररर्र लेखेर सबैलाई अचम्मित पारिन्। सुरभीले लेखेको भिडियो रेकर्ड वर्ल्ड रेकर्ड कमिटीमा पठाइएको छ।