PahiloPost

Mar 12, 2026 | २८ फागुन २०८२

सदस्यता विवाद भएपछि काभ्रेपलाञ्चोकमा पत्रकार महासङ्घको अधिवेशन स्थगित



रासस

बनेपा : काभ्रेपलाञ्चोकमा मङ्गलबार हुने भनिएको नेपाल पत्रकार महासङ्घको अधिवेशन स्थगित भएको छ।
 
जिल्ला अधिवेशन सम्पन्न गर्न आवश्यक तयारी पूरा हुँदा समेत पत्रकार महासङ्घ केन्द्रीय समितिको ढिलासुस्तीका कारण ६० जना नयाँ सदस्यको नामावली प्राप्त नभएकाले महासङ्घको जिल्ला अधिवेशन स्थगन भएको नेपाल पत्रकार महासङ्घ, काभ्रेपलाञ्चोकद्वारा जारी विज्ञप्ति जनाइएको छ।
 
पत्रकार महासङ्घ, काभ्रेपलाञ्चोकका अध्यक्ष नारायण सापकोटाले गत १२ गते बसेको बैठकले सर्वसम्मतीमा नयाँ सदस्यको नामावली नआए अधिवेशन स्थगन हुने जानकारी गराउँदा पनि महासङ्घ केन्द्रबाट भएको बेवास्ता र ढिलासुस्तीका कारण अधिवेशन स्थगित भएको बताए।
 
जिल्लामा लामो समयदेखि नयाँ सदस्यको विषयलाई लिएर विवाद भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell