इटहरी : सुनसरीको सिमरियास्थित शिव मन्दिर परिसरमा आज ग्यास सिलिन्डर पड्किदा आठजना भन्दा बढी घाइते भएका छन्। तीमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। गम्भीर घाइते हुनेमा मोरङ कटारीका ३० वर्षीय सोमराज माझी, मोरङ गछियाकी ३२ वर्षीया तारा मण्डल र नाम नखुलेका एक पुरुष रहेका छन्। घाइते सबैको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको…
पोखरा : जिल्ला ट्राफिक कार्यालय कास्कीले सवारी नियम उल्लङ्घन गर्ने सवारी चालक र मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कारबाही गरी चालु आवको सात महिनामा रु दुई करोड ११ लाख ६ हजार राजस्व सङ्कलन गरेको छ। चालु आवको साउनदेखि माघ मसान्तसम्म ३० हजार ९९९ सवारी चालक कारबाहीमा परेको कार्यालयका प्रमुख विश्वराज अधिकारीले जानकारी दिए। सोही अवधिमा कार्यालयले मादक पदार्थ…
बनेपा : काभ्रेपलाञ्चोकमा अनुमतिविना वनबाट अवैधरुपमा माटो झिकेको आरोपमा दुईजनालाई बुधबार प्रहरी हिरासतमा लिइएको छ। धुलिखेलस्थित होटेल द्वारिकाज तथा रिसोर्टका म्यानेजर सतीश श्रेष्ठ र बा ३ ख ९२४५ नं को मिनी ट्रकका चालक हिरा लामालाई वन ऐन, २०४९ अनुसार प्रहरी हिरासतमा लिइएको हो। उनीहरुलाई धुलिखेलस्थित एउटा वनबाट जिल्ला वन कार्यालयको इजाजतविना एकहजार दुईसय घनफिट माटो झिकेको र २७…
महेन्द्रनगर (धनुषा) : जनकपुर उपमहानगरपालिका–१४ धर्मटोल बस्ने १९ वर्षीय सुभाष भन्ने गौतमकुमार झालाई बुधबार अपराह्न घाँटी रेटी हत्या गर्ने प्रयास भएको छ। उपचारार्थ जनकपुर अञ्चल अस्पताल ल्याइएका झाको उपचार यहाँ सम्भव नभएपछि थप उपचारका लागि हवाईजहाजबाट काठमाडौँ पठाइएको छ। धारिलो चक्कु प्रहारबाट झाको घाँटीमा गम्भीर घाउ लागेको छ। उनलाई बोल्न पनि कठिनाइ भएको छ। घटनाबारे जानकारी लिन अस्पताल आएका…
इलाम : चितुवाले गोठमा बाँधेका पशुचौपाया धमाधम मारिदिन थालेपछि जिल्लाको उत्तरी क्षेत्रका किसान हैरान भएका छन्। जङ्गली क्षेत्रभन्दा निकै टाढाका बस्तीसम्म झरेर घर–गोठमा बाँधिएका गाई, बाख्रा, गोरू र घोडासमेत मारिदिन थालेपछि लेकाली क्षेत्रका जमुना, जोगमाई, प्याङ, मावु, माइमझुवाका बासिन्दा हैरान बनेका हुन्। घरगोठमै चितुवा आएर चौपाया खान थालेपछि आर्थिक नोक्सानीसँगै स्थानीयवासीमा डर र त्रास बढेको छ। फागुन पहिलो साताभित्र मात्र…
दमक : झापाको दमक नगरपालिका–१५ मा रहेको मसला बगानमा एक वृद्धको शव भेटिएको छ। सोही ठाउँ निवासी ६७ वर्षीय सूर्यकुमार प्रधान आज बिहान बाटोको नालीमा मृत अवस्थामा फेला परेका इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। बुधबार आफन्तको विवाहमा गएका प्रधान घर फर्किएर नआएपछि खोजी गर्ने क्रममा आज बिहान घर नजिकै बाटोको छेउमा नालीमा मृत अवस्थामा भेटिएको परिवारले जनाएको छ।…
बाबियाचौर (म्याग्दी) : स्थानीय तह निर्वाचनको घोषणा भएपछि म्याग्दीका ग्रामीण क्षेत्रमा उत्साह छाएको छ। गाउँका राजनीतिकर्मी, अगुवा, युवा, महिला, दलित र बौद्धिक वर्गमा वैशाख ३१ का लागि घोषणा भएको स्थानीय तह निर्वाचनको चर्चा र बहस चल्न थालेको हो। स्थानीय निर्वाचनले जनप्रतिनिधि विहीन अवस्थाको अन्त्य, विकास निर्माणले गति लिने, सार्वजनिक सेवा प्रवाह सहज बन्ने, संविधानको कार्यान्वयन र भागबन्डाको राजनीति अन्त्य हुने…
पोखरा : यातायात व्यवस्थापन समितिले स्थानीय अमरसिंहचोकदेखि सिर्जनाचोक र नालामुखदेखि विरौटाचोकसम्मको सडकमा यही फागुन १८ गतेदेखि हाते ट्याक्टर संचालनमा रोक लगाउने निर्णय गरेको छ। ती सडकमा विस्तारै चल्ने गाडीले गर्दा ट्राफिक जाम भई सवारी साधन आवागमनमा बाधा पारेकाले बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म हाते ट्याक्टर चल्न निषेध गरिएको कास्की जिल्ला ट्राफिक कार्यालयका प्रमुख विश्वराज अधिकारीले जानकारी दिए।
काठमाडौँ : महाशिवरात्रि पर्वलाई ध्यानमा राखी महानगरीय ट्राफिक प्रहरी महाशाखाले नौ स्थानबाट चल्ने सवारीसाधन प्रवेशमा रोक लगाएको छ। महाशाखाले चावहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वरबाट गौशालातर्फ, मैतीदेवी चोकबाट पुरानो बानेश्वरतर्फ, द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जयबागेश्वरीतर्फ, लामापोखरी कुटुम्बहालबाट मित्रपार्कतर्फ, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ तथा तिलगङ्गाबाट गौशालातर्फ रोक लगाएको हो। यस्तै मालबाहक सवारीसाधनलाई तीनकुनेबाट सिनामङ्गलतर्फ, जोरपाटी नारायणटारबाट…
काठमाडौँ : सरकारी कार्यालयबाट दिइने भुक्तानी आगामी आइतबार (फागुन–१५ गते) देखि अनलाइनमार्फत गरिने भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालयबाट चेकको सट्टामा बिल पेस गर्ने पक्षको बैंक खातामा रकम जम्मा हुने गरी व्यवस्था मिलाउन लागेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। कार्यालयले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा भुक्तानी पाउने पक्षबाट सम्बन्धित कार्यालयलाई पहिलो चरणमा रु २५ हजारभन्दा माथिको…
लहान : सिरहाका छुट्टाछुटै स्थानमा गएराति भएका ट्याक्टर दुर्घटनामा चार जनाको मृत्यु भएको छ। सिरहाको पिप्रा प्र.पि.–५ स्थित भित्री सडकखण्डमा राति ८ बजे अनटेस्ट लेखिएको ट्याक्टर पल्टिँदा ट्याक्टरमा सवार पिप्रा प्र.पि.–५ निवासी रुपेश यादव, सोही ठाउँका हरेराम यादव र नितेश यादवको मृत्यु भएको छ। रुपेश र हरेरामको घटनास्थलमै तथा नितेशको उपचारका क्रममा सिरहा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी…
बाजुरा : बाजुराको बडिमालिका नगरपालिका–९ का एक युवकको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा २८ वर्षीय दलबहादुर रोकाया रहेको आफन्त लक्ष्मीराज पाध्यायले बताएका छन्। मंगलबार दिउँसो गाईवस्तुका लागि घर नजिकै रहेको दुदुली खोलाको वनमा डालेघाँस काट्न गएका बेला रुखबाट लडेर उनको मृत्यु भएको पाध्यायले जानकारी दिएका छन्। डालेघाँस काटेर रुखबाट भुइँमा झर्दा रोकायाको मृत्यु भएको हो। रोकायाको…
विराटनगर : मधेसी मोर्चाको आह्वानमा गरिएको बन्दको प्रभाव मोरङमा देखापरेको छ। बन्दका कारण विराटनगरबाट छोटो तथा लामो दूरीका सार्वजनिक यातायातका सेवाहरु ठप्प रहेका छन् भने मोटरसाइकल र सिटी सफारीहरु फाटफूट रुपका कुदिरहेका देखिन्छन्। सो बन्दको प्रभाव शिक्षण क्षेत्रमा पनि परेको छ। अधिकांश निजी विद्यालय बन्द रहेका छन्। यसैबीच, जिल्ला प्रहरी कार्यालय, मोरङले बन्दको क्रममा अहिलेसम्म कुनै अप्रिय घटना नभएको…
गौशाला : महोत्तरी जिल्लाको सम्सी गाविसमा एक महिलाको रहस्यमय मृत्यु भएको छ। मृत्यु हुनेमा सम्सी गाविस–१ बस्ने शेष इस्तियाकी पत्नी २५ वर्षीया नसरीन खातुन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। पति वैदेशिक रोजगारीको सिलसिलामा खाडीमुलुकमा रहँदै आएका र नसरीन आफ्ना दुई ससाना छोरासहित आफ्नै घरमा सुतिरहेको अवस्थामा गएराति उनको शव उनकै कोठामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी नायब…
सुरुङ्गा (झापा) : नेपाल पत्रकार महासङ्घ झापाको अध्यक्षमा तारामणि सापकोटा निर्वाचित भएका छन्। आज बिहान सम्पन्न मत गणनाबाट अध्यक्षका प्रत्यासी उम्मेदवार गोपाल काफ्लेलाई १३ मतले पराजित गर्दै सापकोटा निर्वाचित भएका हुन्। सापकोटाले १२९ मत प्राप्त गरे भने काफ्लेले ११६ मत प्राप्त गरे। त्यस्तै, खुल्ला उपाध्यक्षमा गोपाल झापालीलाई ६२ मतले पराजित गर्दै एकराज गिरी निर्वाचित भएका छन्। गिरीले १५६…
गौशाला (महोत्तरी) : स्थानीय हतिसर्वा गाविस– ८ सङ्ग्रामपुर बस्ने २५ वर्षीय अञ्जनीकुमार मिश्रको हत्या आरोपमा महोत्तरी जिल्ला अदालतले मृतककी पत्नीसहित चार जनालाई मुद्दाको पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। न्यायधीश केशवप्रसाद घिमिरेको इजलासले मृतककी पत्नी २२ वर्षीया ज्योति, धर्मपुर– ६ बस्नेफिरोज कवारी, बगडा– ७ बस्ने गङ्गाराम दास र महोत्तरी गाविस– ७ बस्ने कुँवेर राउतसहित चारजनालाई पुर्पक्षका लागि आज…
काठमाडौँ : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा निर्वाचित पदाधिकारी र सदस्यहरु क्याम्पसमा अध्ययनरत रहँदा मात्र पदमा बस्न पाउने भएका छन्। यसअघि निर्वाचनमा जितेपछि दुई वर्षसम्म पदमा बस्न पाउने व्यवस्था भए पनि अबको निर्वाचनपछि क्याम्पसमा अध्ययरत रहँदासम्म मात्र उक्त पदमा बस्न पाउने नयाँ व्यवस्था त्रिभुवन विश्वविद्यालय गरेको छ। त्रिविका रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले निर्वाचित विद्यार्थी अन्तिम परीक्षा दिइसकेपछि उक्त पदमा स्वतः बस्न…
काठमाडौँ : सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सूचना विभागलाई आधुनिक सूचना प्रविधिमैत्री बनाइनुपर्ने औँल्याएका छन्। सूचना विभागको आव २०७२/७३ को वार्षिक समीक्षा तथा वार्षिक प्रतिवेदन–२०७३ सार्वजनिक कार्यक्रममा सञ्चारमन्त्री कार्कीले सूचना व्यवस्थापन, पत्रिका अभिलेखीकरण र पत्रकार परिचयपत्र वितरणलाई व्यवस्थित र प्रभावकारी तुल्याउन विभागलाई प्रविधिमैत्री बनाउन जरुरी रहेको बताए। हालको विभागको कार्यलाई क्रमशः गाउँपालिकास्तरसम्म पुर्याई जनतालाई सूचनाको हकको सुनिश्चित गर्न…
काठमाडौँ : सरकारले बाग्मती सरसफाइ महाअभियानको २०० औँ हप्ता यही फागुन २१ गते शनिबार विशेष कार्यक्रम गरी मनाउने तयारी गरेको छ। यही फागुन ४ गते सरकारको मुख्य सचिव डा. सोमलाल सुवेदीको उपस्थितिमा भएको बैठकले गरेको निर्णयअनुसार सरसफाइमा सबै सरकारी निकायलाई परिचालन गरिने सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ। सरसफाइ कार्यक्रममा बाग्मती नदीअन्तर्गत काठमाडौँ उपत्यकालाई १४ स्थानमा विभाजन गरी सरकारी…
राजविराज : वैदेशिक रोजगारको सिलसिलामा सप्तरीको जमुनी मधेपुरा गाविसबाट कतार गएका राम सरदारको मृत्यु भएको छ। जमुनी मधेपुरा–९ बस्ने ३५ वर्षीय सरदारको कोठामा सुतेको अवस्थामा मृत्यु भएको बताइएको छ। एक वर्षअगाडि कतार गएका उनको मृत्युको कारणबारे खुल्न नसकेको पारिवारिक स्रोतले जनाएको छ। टुसी इन्टरनेसनल म्यानपावर कम्पनी काठमाडाँैबाट रोजगारीका लागि कतारमा सरदार राजमिस्त्रीको काम गर्दै आएका थिए। मृतक सरदारको पत्नी, एक…