PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

मोरङमा बन्दको प्रभाव : यातायात सेवा ठप्प



रासस

विराटनगर : मधेसी मोर्चाको आह्वानमा गरिएको बन्दको प्रभाव मोरङमा देखापरेको छ।
 
बन्दका कारण विराटनगरबाट छोटो तथा लामो दूरीका सार्वजनिक यातायातका सेवाहरु ठप्प रहेका छन् भने मोटरसाइकल र सिटी सफारीहरु फाटफूट रुपका कुदिरहेका देखिन्छन्।

सो बन्दको प्रभाव शिक्षण क्षेत्रमा पनि परेको छ। अधिकांश निजी विद्यालय बन्द रहेका छन्।

यसैबीच, जिल्ला प्रहरी कार्यालय, मोरङले बन्दको क्रममा अहिलेसम्म कुनै अप्रिय घटना नभएको जनाएको छ।

मोर्चाले स्थानीय निर्वाचनको तिथि घोषणा भएको विरोधमा आज बन्दको आह्वान गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell