सुरुङ्गा (झापा) : नेपाल पत्रकार महासङ्घ झापाको अध्यक्षमा तारामणि सापकोटा निर्वाचित भएका छन्।
आज बिहान सम्पन्न मत गणनाबाट अध्यक्षका प्रत्यासी उम्मेदवार गोपाल काफ्लेलाई १३ मतले पराजित गर्दै सापकोटा निर्वाचित भएका हुन्।
सापकोटाले १२९ मत प्राप्त गरे भने काफ्लेले ११६ मत प्राप्त गरे।
त्यस्तै, खुल्ला उपाध्यक्षमा गोपाल झापालीलाई ६२ मतले पराजित गर्दै एकराज गिरी निर्वाचित भएका छन्। गिरीले १५६ मत प्राप्त गरे। उनका प्रत्यासी उम्मेदवार झापालीले ९४ मत मत प्राप्त गरे।
यसैगरी, महिला उपाध्यक्षमा भीमाकुमारी शिवाकोटी निर्वाचित भएकी छिन्। शिवाकोटीले १४८ मत प्राप्त गरिन्। उनकी प्रत्यासी उम्मेदवार लीला अनमोलले ९२ मत प्राप्त गरिन्।
सचिवमा गिरीराज भट्टराईलाई पाँच मतलेपछि पार्दै सन्तोष आचार्य निर्वाचित भएका छन्। आचार्यले १२३ मत प्राप्त गरे भने भट्टराईले ११८ मत प्राप्त गरे।
खुल्ला सहसचिवमा केशव भट्टराई १५२ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उनले अर्जुन कार्कीलाई पराजित गरेका हुन्। कार्कीले ९२ मत प्राप्त गरे। समावेशी सहसचिवमा आत्माराम राजवंशीलाई पराजित गर्दै इन्द्रजीत मुखिया निर्वाचित भएका छन्। मुखियाले १३२ मत प्राप्त गरे भने उनका प्रत्यासी राजवंशीले १०७ मत प्राप्त गरे।
यसैगरी, कोषाध्यक्षमा ईश्वर अधिकारी निर्वाचित भए छन्। उनले यमनाथ विमलीलाई पराजित गरेका छन्। अधिकारीले १२८ मत प्राप्त गरे भने विमलीले ११५ मत प्राप्त गरे।
यता महिला सदस्यमा भने सुष्मा राजवंशी १३४, दलित सदस्यमा रञ्जित परियार १३९, जनजातिमा अनिलदेव राई १२४ मत प्राप्त गर्दै निर्वाचित भएकी छिन्।
त्यस्तै, खुल्ला सदस्यतर्फ उत्तम नेपाल ११७, देवु बानियाँ १२२, पार्थ मण्डल १२४, विनोद सापकोटा १२७, रञ्जित प्रसाईं ११७, रमेश तिवारी १२२, लक्ष्मी काफ्ले १२४, लीलाराज झापाली ११९ , सुशीला सङ्ग्रौला ११८ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।
केन्द्रीय पार्षद् र प्रदेश पार्षद्को मत गणना जारी रहेको निर्वाचन समितिका सदस्य दीपेन्द्र भट्टराईले जानकारी दिए।