PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

रुखबाट लडेर एक युवकको मृत्यु



रासस

बाजुरा : बाजुराको बडिमालिका नगरपालिका–९ का एक युवकको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा २८ वर्षीय दलबहादुर रोकाया रहेको आफन्त लक्ष्मीराज पाध्यायले बताएका छन्।
 
मंगलबार दिउँसो गाईवस्तुका लागि घर नजिकै रहेको दुदुली खोलाको वनमा डालेघाँस काट्न गएका बेला रुखबाट लडेर उनको मृत्यु भएको पाध्यायले जानकारी दिएका छन्। डालेघाँस काटेर रुखबाट भुइँमा झर्दा रोकायाको मृत्यु भएको हो।
 
रोकायाको मृत्यु भएपछि ६ महिनाकी छोरी र मृतककी पत्नी सहाराबिहीन भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell