PahiloPost

Apr 10, 2026 | २७ चैत्र २०८२

दमकको मसला बगानमा एक वृद्ध मृत भेटिए



रासस

दमक : झापाको दमक नगरपालिका–१५ मा रहेको मसला बगानमा एक वृद्धको शव भेटिएको छ। सोही ठाउँ निवासी ६७ वर्षीय सूर्यकुमार प्रधान आज बिहान बाटोको नालीमा मृत अवस्थामा फेला परेका इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
 
बुधबार आफन्तको विवाहमा गएका प्रधान घर फर्किएर नआएपछि खोजी गर्ने क्रममा आज बिहान घर नजिकै बाटोको छेउमा नालीमा मृत अवस्थामा भेटिएको परिवारले जनाएको छ।
 
प्रधानको शव बिहान साढे ५ बजेतिर स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवपरीक्षणका लागि लैजाने तयारी गरिएको र परीक्षणपछि मात्रै घटनाको विषयमा थाहा हुने इलाका प्रहरी कार्यालय दमकका प्रहरी सहायक निरीक्षक वीरेन्द्र कोइरालाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell