PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

बाग्मती सफाइको २०० औँ हप्ता विशेष रुपमा मनाइने



रासस

बाग्मती सफाइको २०० औँ हप्ता विशेष रुपमा मनाइने

काठमाडौँ : सरकारले बाग्मती सरसफाइ महाअभियानको २०० औँ हप्ता यही फागुन २१ गते शनिबार विशेष कार्यक्रम गरी मनाउने तयारी गरेको छ।

यही फागुन ४ गते सरकारको मुख्य सचिव डा. सोमलाल सुवेदीको उपस्थितिमा भएको बैठकले गरेको निर्णयअनुसार सरसफाइमा सबै सरकारी निकायलाई परिचालन गरिने सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ।
 
सरसफाइ कार्यक्रममा बाग्मती नदीअन्तर्गत काठमाडौँ उपत्यकालाई १४ स्थानमा विभाजन गरी सरकारी तथा सुरक्षा निकाय, विद्यालय, सामाजिक तथा पेशागत संघसंस्था, नागरिक समाज, राजनीतिक दललगायत सबैलाई सहभागी गरिने सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले जानकारी दिए।
 
कार्यक्रमलाई प्रभावकारी रुपमा सम्पन्न गर्न मन्त्रालयमा आज आयोजित छलफल कार्यक्रममा सचिव गुरुङले सञ्चार मन्त्रालयले सरसफाइ गर्ने जिम्मा पाएको स्थान ‘बल्खु–टेकुदोभान’ मा मातहतका सबै कर्मचारीलाई यही फागुन २१ गते बिहान ७ बजे अनिवार्य उपस्थितिका लागि निर्देशन दिएका छन्।
 
सरकारले कार्यक्रमलाई सफल बनाउन मूल समारोह समिति र विभिन्न उपसमिति समेत गठन गरेको छ। सञ्चार सचिव गुरुङको संयोजकत्वमा गठित प्रचार प्रसार उपसमितिले व्यानर, सूचना, समाचार, पोष्टर, पर्चा, पत्रकार सम्मेनलनलगायत प्रचार प्रसारका काम गर्ने मन्त्रालयले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell