PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

महिलाको रहस्यमय मृत्यु, अाफ्नै कोठामा झुन्डिएको अवस्थामा भेटिइन्



रासस

गौशाला : महोत्तरी जिल्लाको सम्सी गाविसमा एक महिलाको रहस्यमय मृत्यु भएको छ।

मृत्यु हुनेमा सम्सी गाविस–१ बस्ने शेष इस्तियाकी पत्नी २५ वर्षीया नसरीन खातुन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
 
पति वैदेशिक रोजगारीको सिलसिलामा खाडीमुलुकमा रहँदै आएका र नसरीन आफ्ना दुई ससाना छोरासहित आफ्नै घरमा सुतिरहेको अवस्थामा गएराति उनको शव उनकै कोठामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले बताए।
 
स्थानीय बासिन्दाका अनुसार निम्नवर्गीय परिवारकी नसरीन खुसीपूर्वक सासू, ससुरा र दुई छोरासहित घरमा बसिरहेको बेला अचानक उनको शव झुन्डिएको अवस्थामा फेला परेपछि प्रहरीले उनको मृत्यु रहस्यमय भन्दै घटनाको अनुसन्धान थालेको छ।
 
उनको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell