PahiloPost

Jul 30, 2025 | १५ साउन २०८२

सप्तरीका राम सरदारको कतारमा निधन, मृत्यु कारण खुलेन



रासस

राजविराज : वैदेशिक रोजगारको सिलसिलामा सप्तरीको जमुनी मधेपुरा गाविसबाट कतार गएका राम सरदारको मृत्यु भएको छ। 

जमुनी मधेपुरा–९ बस्ने ३५ वर्षीय सरदारको कोठामा सुतेको अवस्थामा मृत्यु भएको बताइएको छ। एक वर्षअगाडि कतार गएका उनको मृत्युको कारणबारे खुल्न नसकेको पारिवारिक स्रोतले जनाएको छ। 

टुसी इन्टरनेसनल म्यानपावर कम्पनी काठमाडाँैबाट रोजगारीका लागि कतारमा सरदार राजमिस्त्रीको काम गर्दै आएका थिए। मृतक सरदारको पत्नी, एक छोरा र एक छोरी छन्। 

यसैबीच मृतक सरदारको शव नेपाल ल्याइदिनका लागि उनका परिवारले सम्बन्धित निकाय र सरकारलाई आग्रह गरेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell