PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

  • खैरो हेरोइनसहित सिरहामा एक पक्राउ

    लहान : लागुऔषध खैरो हेरोइनसहित प्रहरीले सिरहाको कसहाबाट आज एक युवकलाई पक्राउ गरेको छ।   इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत कसहाबाट खैरो हेरोइनसहित सिरहाको गोलबजार– ६ निवासी भक्ति राईलाई पक्राउ गरेको हो।   पक्राउ परेका राईको साथबाट तीन ग्राम खैरो हेरोइन बरामद भएको इलाका प्रमुख प्रहरी निरीक्षक राजेन्द्रकुमार उपाध्यायले जानकारी दिए।   पक्राउ परेका…

    विस्तृतमा पढ्नुस्

  • दाङमा माटोले पुरिएर महिलाको मृत्यु

    दाङ : घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर आज एक महिलाको ज्यान गएको छ भने एक गम्भीर घाइते भएकी छन्।   दाङको पुरन्धारा पाथीहाल्नेमा माटो खन्ने क्रममा पुरन्धारा–३ हस्तनापुर निवासी ३० वर्षीय मीना वलीको निधन भएको इलाका प्रहरी कार्यालय, हापुरेका प्रहरी नायब निरीक्षक परेगनारायण चौधरीले जानकारी दिए।   यस्तै घटनामा परी पुरन्धारा–३ कै भूमिसरा विक घाइते भएको बताइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • ​इलाममा एक करोड २९ लाख रुपैयाँमा जिशिका भवन निर्माण

    इलाम : जिल्ला शिक्षा कार्यालय इलामको नवनिर्मित भवनको बिहीबार एक समारोहबीच उद्घाटन गरिएको छ।  जिल्ला शिक्षा अधिकारी टङ्कप्रसाद गौतम र स्थानीय विकास अधिकारी ध्रुवबहादुर खड्काले भवनको संयुक्तरूपमा उद्घाटन गरेका हुन्। एक करोड २९ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको भवनमा १४ कोठा रहेका छन्।  चार वर्षअघिदेखि निर्माण थालिएको भवन विभिन्न कारणले ढिलो सम्पन्न भएको जिशिअ गौतमले जानकारी दिनुभयो । चार…

    विस्तृतमा पढ्नुस्

  • ​योजना कार्यान्वयनलाई प्राथमिकता –उपाध्यक्ष श्रेष्ठ

    बेनी : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले देशको विकास निर्माण र जनताको समृद्धिका लागि बजेट विनियोजनसँगै योजना कार्यान्वयनतर्फ पनि प्राथमिकता दिनुपर्ने बताएका छन्।  आयोग उपाध्यक्षमा नियुक्त भएपछि पहिलोपटक आफ्नो जन्मथलो म्याग्दीको सिङ्गा तातोपानीमा आउनुभएका उपाध्यक्ष डा श्रेष्ठले बिहीबार स्थानीयवासीले आयोजना गरेको स्वागत कार्यक्रममा सो कुरा बताएका हुन्।  उपाध्यक्ष श्रेष्ठले योजना कार्यान्वयनका लागि योजना सञ्चालन भएका क्षेत्रका बासिन्दा, सरकारी…

    विस्तृतमा पढ्नुस्

  • ​जाजरकोट र रुकुमका ग्रामीण बस्ती अन्धकारमा, विजुलीका पोल कुहिएर ढले

    जाजरकोट : यहाँको भगवती–९ सिउनामा रहेको भेरीखोला लघुजलविद्युत् आयोजना गत कात्तिक महिनादेखि अवरुद्घ हुँदा भगवती–९ सिउना, जाजरकोट र रुकुमको गोतामकोट–९ मन्का बगरका स्थानीयवासी अँध्यारोमा बस्न बाध्य भएका छन्।  उक्त लघुजलविद्युत् आयोजनाको जेनेरेटरमा आएको खराबीका कारण यहाँका ग्रामीण बस्ती अन्धकार भएका हुन्। १५ किलोवाट विद्युत् उत्पादन क्षमता भएको भेरीखोला लघुजलविद्युत् आयोजना २०७१ सालमा आस्था नेपालद्वारा रु २२ लाखमा निर्माण गरिएको हो।…

    विस्तृतमा पढ्नुस्

  • ​पानी ल्याउने विषयमा स्थानीयवासीको विरोध

    भोजपुर : सिलिचुङ खानेपानी मूल उपभोक्ता समिति भोजपुरले भैँसीपङ्खा गाविसबाट पानी ल्याउने प्रक्रिया अगाडि बढाएको भन्दै स्थानीयवासी विरोधमा उत्रिएका छन्।  भोजपुर सदरमुकाममा पानी वितरणको नाममा आफूहरुलाई मार परेकाले आन्दोलन गर्नुपरेको संघर्ष समितिका अध्यक्ष देउप्रकाश राईले जानकारी दिए।  सोही पानी भोजपुर ल्याउनका लागि विभिन्न चलखेल भइरहेको र स्थानीयवासीको हितविपरीत समितिले प्रक्रिया अगाडि बढाएको उनीहरुको आरोप छ । आन्दोलनअन्तर्गत बिहीबार सदरमुकाममा विरोध…

    विस्तृतमा पढ्नुस्

  • ​दश मेगावाट बिजुली थपियो, हेवाखोलाको विद्युत् केन्द्रीय प्रसारणमा जोडियो

    ​दश मेगावाट बिजुली थपियो, हेवाखोलाको विद्युत् केन्द्रीय प्रसारणमा जोडियो

    पाँचथर : पाँचथरको याङनाम र नाँगिनमा रहेको हेवाखोला जलविद्युत् परियोजना ‘ए’बाट उत्पादित १०.६ मेगावाट विद्युत् बुधबारदेखि केन्द्रीय प्रसारणलाइनमा जोडिएको छ।  यसअघि कावेली कोरिडोर प्रसारण लाइनअन्तर्गत फिदिमको थापाटारमा रहेको सबस्टेसनको उद्घाटनपश्चात् यस आयोजनाबाट ४.३ मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिकेको थियो।  यो आयोजनाबाट अब जम्मा १४.९ मेगावाट विद्युत् उत्पादन हुन थालेको छ। विसं २०६७ कात्तिकदेखि निर्माण सुरु भएको आयोजना २०७३ साल…

    विस्तृतमा पढ्नुस्

  • ​राहदानी किर्तेका फरार २२ बर्षपछि लहानमा पक्राउ

    ​राहदानी किर्तेका फरार २२ बर्षपछि लहानमा पक्राउ

    लहान : राहदानी किर्ते मुद्दामा अदालतबाट कैद सजाय पाएर २२ वर्षदेखि फरार रहेका एक जनालाई सिरहा प्रहरीले गएराति पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय सिरहाले राहदानी किर्ते मुद्दामा सिरहा जिल्ला अदालतबाट १ महिना कैद तथा दुई हजार जरिवानाको सजाय पाएर फरार रहेका सिरहा नगरपालिका–१२ निवासी कामेश्वर साहलाई २२ वर्षपछि पक्राउ गरेको हो ।  सिरहा जिल्ला अदालतले २०५१ चैत ३० गते…

    विस्तृतमा पढ्नुस्

  • चितवन राष्ट्रिय निकुञ्जमा नयाँ जनावर थपिए

    नारायण अधिकारी चितवन : एकसिङ्गे गैँडा र बाघका कारण अन्तर्राष्ट्रिय जगतमा परिचित चितवन राष्ट्रिय निकुञ्जमा अन्य जनावारसमेत थपिएपछि निकुञ्जको महत्व बढ्ने अपेक्षा गरिएको छ। नेपाल भित्रने पर्यटक अधिकांश चितवन आउने गर्छन्। चितवन देशको तेस्रो पर्यटकीय गन्तव्य हो। हालैमात्र चितवन राष्ट्रिय निकुञ्जमा १५ वटा अर्ना ल्याइएको छ। बाह्रसिङ्गे र कृष्णसार ल्याउने तयारी भइरहेको छ। यसअघि कोसीटप्पु वन्यजन्तु आरक्षमा मात्र पाइने अर्ना…

    विस्तृतमा पढ्नुस्

  • कोसीपारि पहिलोपटक जिप र ट्र्याक्टर पुग्दा खुसीयाली

    सोलुखुम्बु : सोलुखुम्बुको अत्यन्तै विकट क्षेत्र कोसीपारिका गाउँमा पहिलोपटक सडक यातायातको साधन पुग्दा स्थानीयवासीले खुसीयाली मनाएका छन्। आज दूधकोसीको दिप्लीघाटबाट तारेर पावै गाविसमा एउटा जिप र एउटा ट्याक्टर पुर्‍याएपछि स्थानीयवासीले सवारीसाधन तथा चालकलाई फूलमाला र अबीर लगाउनुको साथै नाचगानसमेत गरेका थिए। केही महिनाअघि सोही दिप्लीघाटबाट पारी गएर डोजरले पावै गाविसमा सडकको ट्र्याक खोलेपछि आज पहिलोपटक जिप र ट्र्याक्टर पारी तारिएको…

    विस्तृतमा पढ्नुस्

  • कुष्ठरोग उन्मूलनका लागि मोरङमा एलपिइपी कार्यक्रम सञ्चालनमा

    प्रभाषचन्द्र झा विराटनगर : कुष्ठरोग निवारणका लागि मोरङमा दुई वर्षदेखि लेप्रोसी पोस्ट एक्सपोसर प्रोपाइलासिस (एलपिइपी) कार्यक्रम सञ्चालनमा ल्याइएको छ। नेदरल्यान्ड लेप्रोसी रिलिफ एसोसिएसनको सहयोगमा तीन वर्षका लागि यो कार्यक्रम मोरङका साथै झापा र पर्सा जिल्लामा सञ्चालित छन्। यस कार्यक्रमको माध्यमबाट २०७० सालदेखि कुष्ठरोगका बिरामीसँगै रहेका छिमेकीको (नयाँ कुष्ठरोगी खोजी गरेर) समेत स्वास्थ्य परीक्षण गरी उपचार हुँदै आएको छ। यसमा संलग्न…

    विस्तृतमा पढ्नुस्

  • पुँजीगत खर्च बढाउन अन्तरमन्त्रालय समन्वयमा जोड दिनुपर्छः उपाध्यक्ष श्रेष्ठ

    म्याग्दी (बाँबियाचौर) : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले विकास बजेटको खर्च बढाउन अन्तरमन्त्रालयगत समन्वयमा जोड दिइएको बताएका छन्।   म्याग्दीको बेनीमा आज आयोजित अन्तक्र्रिया कार्यक्रममा उनले भने, 'मन्त्रालयबीच समन्वयको अभाव, अनुगमनको कमी, निर्माण व्यवसायी तथा उपभोक्ता समितिको लापरबाही र कर्मचारीमा इच्छाशक्तिको कमीले गर्दा विकास बजेट कार्यान्वयन एवम् सदुपयोगमा समस्या देखिएको छ।'   उपाध्यक्ष डा. श्रेष्ठले योजना कार्यान्वयनमा देखिएका…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीको कला, संस्कृति लोपोन्मुख अवस्थामा

     कर्णालीको कला, संस्कृति लोपोन्मुख अवस्थामा

    शुरबहादुर सिंह जुम्ला : कर्णालीमा गाइने झोडा, चुटिकलो, फाग, मागल, चरन, देउडा, रत्यौली गीत आजभोलि सुनिन छाडेको छ। विभिन्न अवसरमा यहाँ आयोजना हुने महोत्सव, चाडपर्व, विवाह, व्रतबन्ध, पूजाआजा, रुद्रीकथामा गाइने एवम् वाचन गरिने भिन्न प्रकृतिका गीत अहिले किंवदन्तीजस्तै बन्न थालेपछि पुरानो पुस्ता चिन्तित भएका छन्। बालोनाच, चोपाई, ढाल, खाँडो, भैलीजस्ता संस्कृति भने सुनिनै छाडेको उनीहरु बताउँछन्। यस्ता संस्कृतिमा नयाँ पुस्ताको…

    विस्तृतमा पढ्नुस्

  • सिराहामा हिमालय चिनी मिल सञ्चालनमा आएपछि किसान उत्साहित

    लहान : केही महिना अघिसम्म निराश देखिएका सिरहाको चन्द्रयोध्यापुर– ४ का असर्फी महतो अहिले निकै उत्साहित देखिन्छन्। चन्द्रअयोध्यापुरमै हिमालय चिनी मिल सञ्चालन भएपछि उनी उखुखेती गर्न उत्साहित भएका हुन्। विगतमा नजिकमा चिनी मिल नभएका कारण उनलाई उखु ढुवानी गर्न कठिनाई हुने गरेको थियो। मिलबाट उचित मूल्य नपाएका कारण पनि उनी निराश थिए। 'कष्ट खेपेर उखु चिनी मिलसम्म पुर्‍याए पनि मिलले…

    विस्तृतमा पढ्नुस्

  • लिथो बुलेटिनदेखि ‘न्यूजलाइन’ सेवासम्म: राससको ५६ वर्ष

    लिथो बुलेटिनदेखि ‘न्यूजलाइन’ सेवासम्म: राससको ५६ वर्ष

    हरि लामिछाने/सुशील दर्नाल काठमाडौँ : बिसौँ शताब्दीको पहिलो दुई दशकमा पत्रकारिता सत्यतथ्य समाचारले पाठक, दर्शक स्रोतालाई आकर्षण गर्छ भन्ने थियो, केही पछि त्यसको दायरा फराकिलो भएर मानवीय अभिरुची पनि समाचार हुनुपर्छ भन्ने भयो।   एक्काइसौँ शताब्दीको पहिलो दुई दशक पूरा भएसँगै समाचारको परिभाषा बदलिएको छ। सोसल मिडियाको समयमा संसारमा जे होस्, १५ मिनेट वा १५ सेकेन्डभन्दा अगाडि वास्तविक जानकारी चाहियो।…

    विस्तृतमा पढ्नुस्

  • सरकारी कागज किर्ते गर्ने प्रधानाध्यापक पक्राउ

    बैतडी : सरकारी कागज किर्ते गरेको आरोपमा फरार रहेका बैतडीका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ।   पक्राउ पर्नेमा पीपलकोट मावि उदयदेव लोजनीका प्रधानाध्यापक रमेश ओझा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए।   प्रधानाध्यापक ओझाले शिक्षक पदपूर्तिमा दस्तखत किर्ते गरेको आरोप लगाउँदै गएको असारमा विद्यालय व्यवस्थापन समितिका सदस्यहरुले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए। उजुरी…

    विस्तृतमा पढ्नुस्

  • महायज्ञमा एक करोड १५ लाख रकम सङ्कलन

    नवलपरासी : नवलपरासीमा सञ्चालित श्रीमद्‍भागवत धान्याञ्चल ज्ञान महायज्ञमा करिब एक करोड १५ लाख नगद रकम सङ्कलन भएको छ।   नवलपरासीको देवचुली नगरपालिकामा गत माघ २७ गतेदेखि आयोजित महायज्ञमा सो नगद रकम सङ्कलन भएको महायज्ञमा आयोजक समितिका अध्यक्ष दिनेश भुसालले बताए।   महोत्सवमा करिब १५० मुरी धान र रु एक लाख ५० हजार बराबरका जिन्सी सामग्री सङ्कलन भएको र महायज्ञबाट सङ्कलित रकमबाट…

    विस्तृतमा पढ्नुस्

  • फरार कैदी पाँच वर्षपछि पक्राउ

    नवलपरासी : कैद फैसला भई फरार भएको पाँच वर्षपछि एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ। कावासोती नगरपालिका–८ बस्ने वर्ष २४ को विनोद खतिवडालाई प्रहरीले उनको घर नजिकैबाट पक्राउ गरेको हो।   २०६८ सालमा वन पैदावार मुद्दामा पाँच महिना १४ दिन कैद फैसला हुँदा फरार खतिवडालाई बिहीबार प्रहरीले पक्राउ गरेको थियो। निजलाई प्रहरीले बिहीबार नै जिल्ला अदालत उपस्थित गराइएकामा जिल्ला कारागार…

    विस्तृतमा पढ्नुस्

  • शक्तिखोरमा अन्तर्राष्ट्रियस्तरको औद्योगिक क्षेत्र बन्ने, व्यवसायी उत्साहित

    रत्ननगर (चितवन) : शक्तिखोरमा अन्तर्राष्ट्रियस्तरको औद्योगिक क्षेत्र बनाउने सरकारी निर्णयको जिल्लाका व्यवसायीले स्वागत गरेका छन्।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्याकेज घोषणा गरेको एक हप्ता नबित्दै सरकारले कालिका नगपालिकास्थित शक्तिखोरलाई औद्योगिक क्षेत्र बनाउने निर्णयको गरेको हो। क्षेत्रीय होटल सङ्घका अध्यक्ष सुमन घिमिरेले सो निर्णयको स्वागत गर्दै औद्योगिक क्षेत्र घोषणाबाट पर्यटन तथा उद्योग विकासमा टेवा पुग्ने बताए।   यस्तै रत्ननगर उद्योग…

    विस्तृतमा पढ्नुस्

  • कास्की मालपोत कार्यालयमा अनलाइन सेवा सुरु

    पोखरा : जिल्ला मालपोत कार्यालय कास्कीले आजदेखि अनलाइन सेवा शुभारम्भ गरेको छ।   मुख्य सचिव डा. सोमलाल सुवेदीले कास्की दाड सिड्कीकी लालकुमारी गौतम तथा घान्द्रुकका सोमबहादुर विक र वीरबहादुर विकलाई जग्गा धनी पुँर्जा वितरण गरी सो सेवाको शुभारम्भ गरेका हुन्।   अनलाइन सेवा शुभारम्भसँगै आजदेखि मालपोत कार्यालयमा रहेका जग्गाको अभिलेख प्रविधिमैत्री, चुस्त र दुरुस्त भएको बताइएको छ।   सो अवसरमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell