PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

​जाजरकोट र रुकुमका ग्रामीण बस्ती अन्धकारमा, विजुलीका पोल कुहिएर ढले



रासस

जाजरकोट : यहाँको भगवती–९ सिउनामा रहेको भेरीखोला लघुजलविद्युत् आयोजना गत कात्तिक महिनादेखि अवरुद्घ हुँदा भगवती–९ सिउना, जाजरकोट र रुकुमको गोतामकोट–९ मन्का बगरका स्थानीयवासी अँध्यारोमा बस्न बाध्य भएका छन्। 

उक्त लघुजलविद्युत् आयोजनाको जेनेरेटरमा आएको खराबीका कारण यहाँका ग्रामीण बस्ती अन्धकार भएका हुन्। १५ किलोवाट विद्युत् उत्पादन क्षमता भएको भेरीखोला लघुजलविद्युत् आयोजना २०७१ सालमा आस्था नेपालद्वारा रु २२ लाखमा निर्माण गरिएको हो। यो आयोजना निर्माण भएसँगै भगवती–९ सिउना र रुकुमको गोतामकोट–९ मन्का बगरका झन्डै एकसय ५० भन्दा बढी घरधुरीका स्थानीयवासीले बत्ती पाल्न पाएका छैनन्। 

आयोजना गत कात्तिक महिनादेखि अवरुद्घ भएको थियो। बजेट अभावका कारण विद्युत् सेवा सञ्चालन गर्न नसकेको उक्त लघुजलविद्युत् आयोजनाका निर्माण उपभोक्ता अध्यक्ष हर्कबहादुर बोहराले बताए। 

विद्युतका पोल सल्लीका काठका भएकाले कुहिएर बिस्तारै ढल्दै गएका छन्। पोल ढल्दा बाटोमा तार लत्रिएकाले मान्छे र पशुचौपायालाई आवतजावत गर्न समस्या भएको बोहराले बताउछन्। ग्रामीण क्षेत्रमा भएका कारण विद्युत्का सामग्री लिन र ल्याउन पनि सास्ती हुने गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell