PahiloPost

Jun 12, 2025 | ३० जेठ २०८२

कास्की मालपोत कार्यालयमा अनलाइन सेवा सुरु



रासस

पोखरा : जिल्ला मालपोत कार्यालय कास्कीले आजदेखि अनलाइन सेवा शुभारम्भ गरेको छ।
 
मुख्य सचिव डा. सोमलाल सुवेदीले कास्की दाड सिड्कीकी लालकुमारी गौतम तथा घान्द्रुकका सोमबहादुर विक र वीरबहादुर विकलाई जग्गा धनी पुँर्जा वितरण गरी सो सेवाको शुभारम्भ गरेका हुन्।
 
अनलाइन सेवा शुभारम्भसँगै आजदेखि मालपोत कार्यालयमा रहेका जग्गाको अभिलेख प्रविधिमैत्री, चुस्त र दुरुस्त भएको बताइएको छ।
 
सो अवसरमा मुख्य सचिव डा. सुवेदीले अब सूचनाप्रविधिको युग भएकाले सार्वजनिक सेवाहरु पनि प्रविधिमैत्री हुनुपर्ने बताउँदै यो सेवाले सेवाग्राहीको काम छिटोछरितो र पारदर्शीरुपमा हुने विश्वास व्यक्त गरे।
 
मालपोत कार्यालयमा हुने भनिएको किर्ते र जालसाजी जस्ता अनियमिततालाई रोक्न अनलाइन सेवाले मद्दत पुर्‍याउने बताए।
 
भूमिसुधार तथा व्यवस्था सचिव कृष्णप्रसाद देवकोटाले यो सेवा शुभारम्भ भएसँगै जग्गाधनीले आफनो जग्गाको विवरण घरमै बसेर पनि जानकारी पाउनसक्ने धारणा राखे।
 
प्रमुख मालपोत अधिकृत चिरन्जीवी सापकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक यमकुमारी खतिवडा, भूमिसुधार तथा व्यवस्था विभागका महानिर्देशक टीकाराम घिमिरे, कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली र कार्यालयका सूचना अधिकारी राजेन्द्रप्रसाद पौडेलले अनलाइन सेवाको महत्वका विविध पक्षमाथि प्रकाश पारेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell