PahiloPost

Jun 12, 2025 | ३० जेठ २०८२

महायज्ञमा एक करोड १५ लाख रकम सङ्कलन



रासस

नवलपरासी : नवलपरासीमा सञ्चालित श्रीमद्‍भागवत धान्याञ्चल ज्ञान महायज्ञमा करिब एक करोड १५ लाख नगद रकम सङ्कलन भएको छ।
 
नवलपरासीको देवचुली नगरपालिकामा गत माघ २७ गतेदेखि आयोजित महायज्ञमा सो नगद रकम सङ्कलन भएको महायज्ञमा आयोजक समितिका अध्यक्ष दिनेश भुसालले बताए।
 
महोत्सवमा करिब १५० मुरी धान र रु एक लाख ५० हजार बराबरका जिन्सी सामग्री सङ्कलन भएको र महायज्ञबाट सङ्कलित रकमबाट सो स्थलमा नागस्थान एवम् नागको मन्दिर निर्माणलगायत बाल उद्यानको विकास गरिने आयोजकले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell