PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

दाङमा माटोले पुरिएर महिलाको मृत्यु



रासस

दाङ : घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर आज एक महिलाको ज्यान गएको छ भने एक गम्भीर घाइते भएकी छन्।
 
दाङको पुरन्धारा पाथीहाल्नेमा माटो खन्ने क्रममा पुरन्धारा–३ हस्तनापुर निवासी ३० वर्षीय मीना वलीको निधन भएको इलाका प्रहरी कार्यालय, हापुरेका प्रहरी नायब निरीक्षक परेगनारायण चौधरीले जानकारी दिए।
 
यस्तै घटनामा परी पुरन्धारा–३ कै भूमिसरा विक घाइते भएको बताइएको छ। आज दिउँसो उनीहरु पुरिएका थिए। घाइते विकको उपचारका लागि तुलसीपुर पठाइएको छ भने वलीको शव परीक्षणका लागि तुलसीपुर पठाउने तयारी गरिएको प्रहरी प्रमुख चौधरीले जानकारी दिए।
 
शिवरात्रिमा घर पोत्नका लागि माटो ल्याउन गएको स्थानीयवासीले बताएका छन्। ढिस्कोले पुरिएका वली र विकलाई स्थानीयवासी र प्रहरीले उद्धार गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell