PahiloPost

May 2, 2026 | १९ बैशाख २०८३

सरकारी कागज किर्ते गर्ने प्रधानाध्यापक पक्राउ



रासस

बैतडी : सरकारी कागज किर्ते गरेको आरोपमा फरार रहेका बैतडीका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ।
 
पक्राउ पर्नेमा पीपलकोट मावि उदयदेव लोजनीका प्रधानाध्यापक रमेश ओझा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए।
 
प्रधानाध्यापक ओझाले शिक्षक पदपूर्तिमा दस्तखत किर्ते गरेको आरोप लगाउँदै गएको असारमा विद्यालय व्यवस्थापन समितिका सदस्यहरुले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए। उजुरी दर्ता गरेकै दिनदेखि फरार रहेका ओझालाई आज सदरमुकाम गोठलापानीबाट पक्राउ गरिएका हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell