PahiloPost

May 24, 2026 | १० जेठ २०८३

शक्तिखोरमा अन्तर्राष्ट्रियस्तरको औद्योगिक क्षेत्र बन्ने, व्यवसायी उत्साहित



रासस

रत्ननगर (चितवन) : शक्तिखोरमा अन्तर्राष्ट्रियस्तरको औद्योगिक क्षेत्र बनाउने सरकारी निर्णयको जिल्लाका व्यवसायीले स्वागत गरेका छन्।
 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्याकेज घोषणा गरेको एक हप्ता नबित्दै सरकारले कालिका नगपालिकास्थित शक्तिखोरलाई औद्योगिक क्षेत्र बनाउने निर्णयको गरेको हो। क्षेत्रीय होटल सङ्घका अध्यक्ष सुमन घिमिरेले सो निर्णयको स्वागत गर्दै औद्योगिक क्षेत्र घोषणाबाट पर्यटन तथा उद्योग विकासमा टेवा पुग्ने बताए।
 
यस्तै रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष ज्ञानबहादुर विसुरालले सरकारी निर्णयले उत्साहित बनाएको बताए। 'सङ्घले बर्सेनि साधारणसभा तथा महोत्सवमार्फत औद्योगिक क्षेत्र स्थापनाको विषय उठाउँदै आएको थियो,' उनले भने। पछिल्लो समय जिल्लामा उद्योगको सङ्ख्या थपिँदै गएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell