PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

​राहदानी किर्तेका फरार २२ बर्षपछि लहानमा पक्राउ



रासस

​राहदानी किर्तेका फरार २२ बर्षपछि लहानमा पक्राउ

लहान : राहदानी किर्ते मुद्दामा अदालतबाट कैद सजाय पाएर २२ वर्षदेखि फरार रहेका एक जनालाई सिरहा प्रहरीले गएराति पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय सिरहाले राहदानी किर्ते मुद्दामा सिरहा जिल्ला अदालतबाट १ महिना कैद तथा दुई हजार जरिवानाको सजाय पाएर फरार रहेका सिरहा नगरपालिका–१२ निवासी कामेश्वर साहलाई २२ वर्षपछि पक्राउ गरेको हो । 

सिरहा जिल्ला अदालतले २०५१ चैत ३० गते राहदानी किर्ते मुद्दामा सो सजायको फैसला गरेको थियो । अदालतको फैसलापश्चात् फरार रहेका साहलाई आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए। 

यसैबीच, सिरहाको कचनारीमा गएराति भएको आगलागीमा रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ। 

कचनारी–६ निवासी मानवीर यादवको गोठबाट राति ११ बजेतिर सल्किएको आगोले नजिकै रहेको रजुई यादव, मुनिलाल यादव, शिवकुमार यादव र घुरन यादवको गोठ समेत पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। 

आगलागीबाट करिब रु पाँच लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरी चौकी कचनारीबाट खटिएको प्रहरीको टोली र स्थानीयवासीको संयुक्त प्रयासमा आगलागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell