बाजुरा : बाजुराको सदरमुकाम मार्तडीदेखि काठमाडौँका लागि सिधै बस छुट्ने भएको छ। सुदूरपश्चिम यातायात बस व्यवसायी सङ्घले बिहीबारदेखि बस सेवा सञ्चालन गरेको सुदूपश्चिम यातायात बस व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष पदम सापकोटाले बताएका छन्। उनले बाजुराका जनतालाई काठमाडौँ जान धनगढी र अन्य यातायातमा यात्रा असहज हुँदै आएकाले सुदूरपश्चिम यातायात बस व्यवसायीले बस सञ्चालन गरेको बताए। बिहान ६ बजेदेखि सदरमुकाम मार्तडीदेखि…
बर्दिया (गुलरिया) : किशोरीलाई भारत हुँदै खाडी मुलुक लैजान लागिएका तीनजना किशोरीलाई बर्दिया प्रहरीले उद्धार गरेको छ। कुबेत र दुबई पठाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। निःशुल्क भिसाको बहानामा भारत हुँदै कुबेत र दुबई लैजान लागिएका तीनजना नेपाली किशोरीलाई बर्दियाको कालिका र जमुनी नाकाबाट उद्धार गरेलगत्तै प्रहरीले दुईजनालाई पक्राउ गरेको हो। एकजना फरार छन्। …
काठमाडौँ : भूमिसुधार तथा व्यवस्था मन्त्रालयले अतिक्रमित बस्ती, सडक, कृषि जग्गा, तथा अव्यवस्थित बसोबास पहिचान र प्रमाणीकरणसहित राज्यको अभिलेख व्यवस्थित गर्ने उद्देश्यले ‘व्यवस्थित बसोबास आयोग’ गठन गरेको छ। मन्त्री विक्रम पाण्डेको अध्यक्षतामा गठित आयोगले भूमिहीनका नाममा प्राप्त जग्गा बेचेर पुनः भूमिहीन बन्ने प्रवृत्ति समाप्त हुने, सरकारी जग्गाको अतिक्रमण रोकिने र स्वच्छ र सुन्दर बस्ती विकास हुने मन्त्रालयमा आज आयोजित पत्रकार…
काठमाडौँ : वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइन बि टेप्लिज्ले भेटवार्ता गरेका छन्। मन्त्रालयमा आज भएको सो भेटमा मन्त्री भण्डारीले वन मन्त्रालय नेपालको जैविक विविधता संरक्षणको क्षेत्रमा अमेरिकी राजदूतावास र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोगसँग मिलेर काम गर्न चाहेको बताए। वन्यजन्तुको अपराध सबैका साझा चुनौतीका रुपमा रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले…
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन आयोगका नवनियुक्त तीन आयुक्त नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाहलाई पद तथा गोपनीयताको सपथ गराएकी छन्। राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा उनीहरूलाई आज शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आयुक्तको पदमा नियुक्त गरी सपथ गराएकी हुन्।
रोल्पा: सशस्त्र जनयुद्धको धम्किदिदै आएको नेकपा(माओवादी) को महाधिवेशनको बन्दसत्रमा भारत, बङ्गलादेश, भुटान, स्पेन, फ्रान्सलगायतका देशका राजनीतिक दलका नेता समेत सहभागी भएका छन्। बिहीबारदेखि थवाङमा सुरु भएको पार्टीको आठौँ महाधिवेशनको बन्द सत्रमा ती देशका प्रतिनिधी समेत सहभागि भएका हुन्। पार्टी महासचिव नेत्रविक्रम चन्दले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेको बन्दसत्रमा देशभरबाट ८ सय प्रतिनिधि र दुई सय पर्यवेक्षक सहभागी छन्। शुक्रबार महासचिवको राजनीतिक…
काठमाडौं : लोकसेवा आयोगले नायब सुब्बापदका लागि मागेको आवेदनमा १ सय ६६ गुणा बढी आवेदन परेको छ । आयोगले ४ सय ५८ पदका लागी आवेदन माग गरेको थियो। त्यसका लागि ७६ हजार तीन सय ९९ जनाको आवेदन दिएको दरखास्त सङ्कलन शाखाका अधिकृत नारायण गौतमले बताए। आयोगले गत पुसको अन्तिम सातादेखि माघ २८ गतेसम्म प्रथम श्रेणीका विभिन्न समूहका पदमा आवेदन माग…
जाजरकोट : जाजरकोट सदरमुकाममा नेपाल विद्युत् प्राधिकरणको शाखा स्थापना गर्न माग गरिएको छ। यहाँको जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले यस्तो माग गरेको हो। सदरमुकाममा विद्युतको केन्द्रीय लाइन विस्तार अन्तिम चरणमा पुगेको बेला यहाँ बुधबार बसेको सर्वदलीय बैठकले यस्तो माग गरेको स्थानीय विकास अधिकारी रुद्रप्रसाद पण्डितले बताए। यहाँको सदरमुकाममा विद्युत्को केन्द्रीय लाइन पुगेपछि विद्युत् महसुल बुझाउन बाहिर जानुपर्ने समस्यालाई…
दमक : विद्युत् सर्ट भई गएराति आगलागी हुँदा झापा, गौरादह–१ का देवराज लिम्बूको घरमा रु ४१ लाख बढीको क्षति भएको छ। राति १:३० बजेतिर अचानक विद्युत् सर्ट भई आगलागी हुँदा लिम्बूसहित त्यहाँ भाडामा बस्ने धनसिंह लिम्बूको नगद, जिन्सी पूर्णरुपमा क्षति भएको थियो। इलाका प्रहरी कार्यालय, दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूका अनुसार बेलडाँगी निवासी देवराज लिम्बूको दुईतले काठको घरमा…
गाईघाट (उदयपुर) : स्थानीय निकायका कर्मचारीको आन्दोलन र विभिन्न मागको कारण उदयपुरमा तीन दिनदेखि जिविस र नगरपालिका पूर्णरुपमा बन्द हुन पुगेको छ। जिविस र नगरपालिका बन्द हुँदा अहिले दैनिक विभिन्न सरकारी कामको सेवा लिन जाने सोवाग्राही जनता भने सम्बन्धित कार्यालयमा पुगेर रित्तै फर्कन थालेका छन्। सुरुमा हातमा कालोपट्टि बाँधेर विरोध जनाएर आफ्नो माग राख्दै आएका स्थानीय निकायका कर्मचारी अहिले…
विनोदसिंह विष्ट बैतडी : जिल्लाको मध्य क्षेत्रमा रहेको श्रीकोट गाविसका विद्यार्थी दैनिक ४ घन्टा हिँडेर पढ्नका लागि विद्यालय जान बाध्य भएका छन्। श्रीकोट गाविसकै दुर्गम वडा भनेर चिनिने ९ नम्बर वडाका विद्यार्थी दैनिक ४ घन्टा हिँडेर पढ्न बाध्य भएका हुन्। वडा नं ९ मा कक्षा ५ सम्मको मात्र विद्यालय रहेकाले कक्षा ६ देखि पढ्नलाई वडा नं ४ मा रहेको सनातन…
रुकुम : जिल्ला अदालत रुकुमले हत्याका फरार एक अभियुक्तलाई ३६ वर्षपछि जेल चलान गरेको छ। जिल्लाको चुनवाङ–४ भेडिडाँडामा २०३७ साल कात्तिक ३ गते भएको चार जनाको सामूहिक हत्याकाण्डका अभियुक्त रुँघा–६ का धनबहादुर खत्रीलाई अदालतले ३६ वर्षपछि जेल चलान गरेको हो। घटनाका मुख्य अभियुक्त रुघाँ–६ कै मनबहादुर खत्री भने अझै बेपत्ता रहेको बताइएको छ। उनीहरुले एकै परिवारका चारजनाको हत्या गरेका थिए…
महोत्तरी : उखु लोड भएको ट्याक्टरको टेलारी पल्टिँदा महोत्तरीको गौशाला नगरपालिका–५ मा एकजना ट्याक्टर चालकको मृत्यु भएको छ। गएराति उखु लोड गरेको ट्र्याक्टरको टेलारीको पन्चर चक्का मर्मतका लागि खोल्ने क्रममा टेलारी उल्टिन गई सुन्दरपुर–२ घर भई गौशाला नगरपालिका–२ मा बस्दै आएको २२ वर्षीय कमलदेव यादवको घटनास्थलमा नै मृत्यु भएको हो। गौशाला नगरपालिका–५ का देवेन्द्र मल्लको बारीमा रहेको काटिसकेको…
महोत्तरी : महोत्तरीको गौशालामा एकजना वृद्ध मृत अवस्थामा फेला परेका छन्। गएराति गौशाला नगरपालिका–३ स्थित एभरेस्ट चिनी मिल रामनगरमा कार्यरत भारत दरभङ्गा कर्मापट्टीका ६० वर्षीय जोगीदासको शव सडकको छेउमा फेला परेको छ। चिनी मिलको आफ्नो ड्युटी सम्पन्न गरी औषधि खरिद गर्नका लागि चिनी मिल गेटबाट बाहिर निस्केका दास साँझ ८ बजेको समयमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय…
दमक : झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरबाट अमेरिका पुनर्वास भएका एकजना भुटानी शरणार्थीको दुर्घटनामा परेर ज्यान गएको छ। केही वर्षअघि अमेरिकाको टेनीसी पुनर्वास भएका ४९ वर्षीय रुद्रबहादुर राईको सोमबार राति अमेरिकाको टेनिसी राज्यमा दुर्घटनामा परेर ज्यान गएको हो। राती साढे ११ बजे तिनवटा कार एक–आपसमा ठोक्किँदा कारमा सवार राईको ज्यान गएको त्यहाँस्थित अमेरिकाका बस्दै आएका जितु बस्नेतले बताए।
भोजपुर : मासिक रुपमा नै तलब बुझ्न पाउने भएपछि भोजपुरका शिक्षक हर्षित भएका छन्। चौमासिक रुपमा तलब बुझ्दै आएका शिक्षकले मासिक तलब बुझ्दा व्यावहारिक खर्च चलाउन सहज हुने प्रतिक्रिया दिएका हुन्। शिक्षा मन्त्रालयले मासिकरुपमा तलब बुझ्न पाउने व्यवस्था मिलाउन क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्लालाई परिपत्र गरेको छ। यसबारे अघिल्लो महिना नै सचिवस्तरीय निर्णय भएको थियो। जनसेवा आधारभूत विद्यालय भोजपुरका शिक्षक…
पोखरा : राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले आज पोखरा रङ्गशालाको हातामा निर्माण गरिने अत्याधुनिक ब्याडमिन्टन हलको शिलान्यास गरेका छन्। करिब तीन करोड ५० लाखको लागतमा निर्माण गरिने अधिराज्यकै नमुना हल निर्माण गर्न राष्ट्रिय खेलकूद परिषद्बाट ५० प्रतिशत प्राप्त हुने र बाँकी स्थानीयवासीबाट जनसहयोग परिचालन गरिने सङ्घका जिल्ला अध्यक्ष डम्बरसिंह गुरुङले जानकारी दिए। शिलान्यासपछि बोल्दै सदस्य–सचिव विष्टले फेवातालको…
पाल्पा : वन क्षेत्रको संरक्षण एवम् प्रवर्द्धनमा समुदायले नेतृत्व लिन थालेपछि यस क्षेत्रबाट हुने वनजन्तु तथा वन पैदावारको चोरी निकासीमा कमी आएको छ। सामुदायिक वन समन्वय समिति, दोभानले वन संरक्षण गर्न थालेपछि चोरी निकासीमा कमी आएको हो। रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकासँग जोडिएका दोभानमा यसअघि वन्यजन्तु तथा वन पैदावर ठूलो मात्रा चोरी निकासी हुँदै आएको थियो तर वन संरक्षणमा…
काठमाडौँ : भूकम्प गएको दुई वर्ष हुनलाग्दा पनि काठमाडौँको चुच्चेपाटीस्थित ताराचौरमा अहिले पनि छ सय परिवार पालमा बस्न बाध्य छन्। नुवाकोट र सिन्धुपाल्चोकमा यी परिवारले कुनै पनि राहत नपाएको गुनासो गरेका छन्। भूकम्पपीडित सुस्मिता थापाले सानो पालमुनि आठ/नौ जना बस्नुपर्दा निकै गाह्रो भएको बताइन्। उनले भनिन्, 'हामीले कुनै राहत पाउन सकेनौँ, पिउने पानी, शौचालयको निकै समस्या छ, बालबच्चा…
काठमाडौँ : साझा यातायातले राति काम गर्ने र अस्पताल जानेलाई लक्षित गरी उपत्यकाका पाँच रुटमा परीक्षणका रुपमा रात्रिकालीन बस सेवा सञ्चालन गरेको छ। रात्रिकालीन बस सेवा सञ्चालनका लागि जहाँबाट चढेर जहाँ झरे पनि रु २५ भाडा कायम गरिएको साझा यातायातका प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए। सेवा राति ८:३० बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। बसमा सिसीटिभी र टेलिभिजनको पनि…