PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

मासिक रुपमा तलब पाउने भएपछि भोजपुरका शिक्षक हर्षित



रासस

भोजपुर : मासिक रुपमा नै तलब बुझ्न पाउने भएपछि भोजपुरका शिक्षक हर्षित भएका छन्। चौमासिक रुपमा तलब बुझ्दै आएका शिक्षकले मासिक तलब बुझ्दा व्यावहारिक खर्च चलाउन सहज हुने प्रतिक्रिया दिएका हुन्।

शिक्षा मन्त्रालयले मासिकरुपमा तलब बुझ्न पाउने व्यवस्था मिलाउन क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्लालाई परिपत्र गरेको छ। यसबारे अघिल्लो महिना नै सचिवस्तरीय निर्णय भएको थियो।

जनसेवा आधारभूत विद्यालय भोजपुरका शिक्षक नारायण राईले हर्षित हुँदै भने, 'चौमासिक रुपमा तलब आउँदा शिक्षकले खर्च टार्न ऋण काढ्नु पर्ने बाध्यता थियो, अब सहज हुन्छ।' शिक्षकले पनि निजामती कर्मचारीले जस्तै मासिक रुपमै तलब पाउने भएपछि खर्च व्यवस्थापनमा सहज हुने उनीहरुको भनाइ छ।

सिंहमालिका आधारभुत विद्यालयकी प्रअ नैनकुमारी बस्नेतले भनिन्, 'घर पायक नपर्ने शिक्षकलाई निकै अप्ठ्यारो पर्दै आएको थियो। मासिकरुपमा तलब पाएपछि सजिलो हुनेछ। यो व्यवस्थाको स्वागत गर्दछु।' जिल्ला शिक्षा कार्यालय भोजपुरले पनि तलबसम्बन्धी नयाँ व्यवस्था शिक्षकमैत्री भएको बताएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell