PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

राष्ट्रपतिद्वारा तीन आयुक्तलाई सपथ



रासस

राष्ट्रपतिद्वारा तीन आयुक्तलाई सपथ

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन आयोगका नवनियुक्त तीन आयुक्त नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाहलाई पद तथा गोपनीयताको सपथ गराएकी छन्।
 
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा उनीहरूलाई आज शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आयुक्तको पदमा नियुक्त गरी सपथ गराएकी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell